Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 18, Apr, 2024

लमजुङमा माछापोखरीमा डुबेर एक बालकको ज्यान गयो

रेडियो भोटेओडार १८ श्रावण २०७७, आईतवार १६:२७ मा प्रकाशित ( ३ साल अघि) २४३८२ पाठक संख्या

लमजुङमा माछापोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । कृषि क्याम्पस आडैमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर आइतबार लमजुङ सुन्दरबजार नगरपालिका–६, पुरानोडिहीका १३ वर्षीया अविनाश विकको ज्यान गएको इलाका प्रहरी कार्यालय, भोटेओडारका प्रमुख एवम् प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
लेदोसहितको २ फिट पानी जमेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर अचेत भएका बालकको उद्धार गरी उपचारका लागि कर्मदा हस्पिटल पुर्याइएको थियो । पोष्टमार्टमका लागि शव जिल्ला सामुदायिक अस्पताल पठाइएको उहाँले बताउनुभयो ।


FLASH NEWS