Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङमा व्यवसायिक बाख्रापालनमा किसानको आकर्षण

रेडियो भोटेओडार २१ श्रावण २०७७, बुधबार १२:१६ मा प्रकाशित ( ३ साल अघि) २८३९३ पाठक संख्या

श्यामशितल परियार
कम लगानी, श्रममा, धेरै आम्दानी लिन सकिने व्यवसाय हो, बाख्रापालन व्यवसाय । त्यसैले पनि लमजुङमा बाख्रापालन व्यवसायमा युवाहरुको आकर्षण बढ्दो छ । स्वदेशमा रहेकाका साथै विदेशबाट फर्किएका लमजुङका युवाहरु अहिले घरगाउँकै माटोमा श्रम–पसिना बगाउन व्यस्त छन् । कृषि तथा पशुपालन व्यवसायबाटै उनीहरुले मनग्य कमाउँदै आएका छन् ।

परिवारको सुखखुशीको सपना बोकेर खाडी भासिनुभयो, लमजुङ सुन्दरबजार नगरपालिका–९, पैह्रेका दिपेन्द्रबहादुर भुजेल । उहाँले ११ वर्ष मलेसियामा जागिरे जीवन बिताउनुभयो । तर विदेशमा सोचेजस्तो कमाई भएन । ‘स्वदेशमै केही उद्यम गर्नुपर्छ’ भन्दै उहाँ स्वदेश फिर्ती हुनुभयो । लगत्तै, उहाँले घरपरिवारको सल्लाहमा गाउँघरमै व्यवसायिक बाख्रापालन व्यवसाय सुरु गर्नुभयो ।

सुधारिएको खोर निर्माण र बाख्रा खरीदमा गरी सुरुमा २ लाखको लगानीमा उहाँले बाख्रापालन सुरु गर्नुभएको हो । २०७५ सालबाट बाख्रापालन सुरु गर्नुभएका उहाँले उत्पादन पनि लिन सुरु गरिसक्नुभएको छ । ‘बाख्रापालनबाट राम्रो कमाइ भइरहेको छ,’ उहाँले भन्नुभयो ।

अहिले उहाँको फर्ममा सानाठूला गरी ३५ वटा बाख्रा रहेका छन् । उहाँले फर्ममा बोयर जातका साथै स्थानीय जातका बाख्रा पाल्दै आउनुभएको छ ।
बाख्रापालन व्यवसायमा उहाँलाई घरपरिवारको पनि उतिक्कै साथ-सहयोग मिल्दै आएको छ । बाख्रापालन व्यवसायलाई बिस्तारै थप व्यवस्थित र विस्तार गर्दै लैजाने दिपेन्द्रको लक्ष्य रहेको छ ।

लमजुङमा दिपेन्द्रजस्तै झण्डै २ सय ५० बढि किसानहरु व्यवसायिक बाख्रापालनमा आवद्ध छन् । कम लगानी, श्रममा धेरै आम्दानी लिन सक्ने भएकाले लमजुङमा स्वदेशमै रहेका युवाका साथै विदेशबाट आएका युवाहरु पनि बाख्रापालन व्यवसायमा जुटिरहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठ बताउनुहुन्छ ।


FLASH NEWS