Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

लमजुङको छैलुङमा पहिरो : ९ घर जोखिममा

रेडियो भोटेओडार १४ आश्विन २०७७, बुधबार १५:३१ मा प्रकाशित ( ३ साल अघि) २७९५२ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिका–५, पाचोक छैलुङमा गाउँ नजिकै पहिरो खसेको छ । गाउँ आडैमा पहिरो खस्दा स्थानीय त्रसित बनेका छन् । छैलुङका ९ घर पहिरोको जोखिम परेका स्थानीयले बताएका छन् ।
दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, उपाध्यक्ष दिलबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर गुरुङ लगायतको एक टोलीले मंगलबार पहिरोको स्थलगत निरीक्षण गरिसकेको छ ।

पहिरो प्रभावितलाई तत्कालै आवश्यकताअनुसार राहत उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
पहिरोको जोखिममा रहेका गाउँका ९ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भएमा सम्वन्धित निकायसंग पहल गरिने उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो ।

‘पहिरोको जोखिममा रहेका घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने भएमा सम्बन्धित निकायसंग पहल गरिने छ । यसमा गाउँपालिकाले पनि सघाउने छ,’ उपाध्यक्ष घलेले भन्नुभयो ।


FLASH NEWS