Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

लमजुङको हिलेटक्सारमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन

रेडियो भोटेओडार १९ आश्विन २०७७, सोमबार १७:१९ मा प्रकाशित ( ३ साल अघि) ३०९७६ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिका–९, हिलेटक्सार माझगाउँमा आइतबार निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । विश्व पशुपंक्षी विदसको अवसरमा पशुपंक्षी शाखा, दोर्दी गाउँपालिकाका आयोजनामा पशु स्वास्थ्य प्राविधिकसहितको एक टोलीले आइतबार हिलेटक्सारमा पुगी निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरेको हो ।
पशुपंक्षीमा रोगको पहिचान गरी उपचार गर्नुका साथै व्यवसायिक पशुपंक्षी पालनमा किसानको आकर्षण बढाउनका लागि शिविर संचालन गरिएको हो ।
शिविरमा ४१ घरधुरीका झण्डै ६ सय पशुपंक्षीको स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको शाखाका प्रमुख शंकर पन्थीले जानकारी दिनुभयो ।
हिलेटक्सार क्षेत्रमा पालिएका पशुपंक्षीमा आन्तरिक र बाह्य परजीविको साथै मौलो रोग (पशुको मुखमा घाउ खटिरा)को समस्या बढि देखिएको उहाँले बताउनुभयो ।
‘शिविरमा पशुपंक्षीको स्वास्थ्य जाँच गरि औषधी वितरण गरिनुका साथै किसानलाई आवश्यक परामर्श समेत दिइएको छ,’ उहाँले भन्नुभयो ।
घरगाउँमै प्राविधिक सहतिको टोलीले पशुपंक्षीको स्वास्थ्य जाँचका साथै औषधी वितरण गरेकोमा किसानहरु खुशी भएका छन् ।
यस्तै, शाखाले दोर्दी गाउँपालिकाका ९ वडामा गरी झण्डै १ सय घरपालुवा कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोप लगाइसकिएको उहाँले बताउनुभयो ।

 


FLASH NEWS