Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

नेकपा नेता गुरुङको विशेष पहलमा रेडियो भोटेओडारलाई १५ लाख बराबरको रेडियो उपकरण प्रदान

रेडियो भोटेओडार २६ आश्विन २०७७, सोमबार १७:१० मा प्रकाशित ( ३ साल अघि) २४४६६ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको रेडियो भोटेओडार ९०.८ मेगाहर्जलाई १५ लाख रुपैयाँ बराबरको रेडियो उपकरण सहयोगस्वरुप प्राप्त भएको छ ।

पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य, नेकपाका प्रमुख सचेतक एवम् स्थायी कमिटि सदस्य देवप्रसाद गुरुङको विशेष पहल र चिनियाँ दुतावासको सहयोगमा १५ लाख रुपैयाँ बराबरको रेडियो उपकरण रेडियोलाई प्राप्त भएको हो ।

प्राप्त रेडियो उपकरण शुक्रबार सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्र, सांसद गुरुङका स्वकीय सचिव कमल खड्काले संयुक्त रुपमा रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

रेडियो उपकरण हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख मिश्रले प्राप्त सामग्रीको संरक्षण गर्दै भरपुर उपयोग गर्दै प्रभावकारी ढंगले रेडियो संचालन गर्न आग्रह गर्नुभएको छ । रेडियोलाई थप प्रभावकारी रुपमा संचालन गर्नका लागि पालिकाले सघाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मिडियाको सवलीकरणका लागि विभिन्न प्रकृयाबाट विभिन्न सहयोगी संघसंस्थासंग हातमोलो गर्दै १५ लाख रुपैयाँ बराबरको उपकरण रेडियोलाई प्रदान गरिएको सांसद गुरुङका स्वकीय सचिव कमल खड्काले बताउनुभयो ।
स्वागत मन्तव्य राख्दै रेडियोका वरिष्ठ उपाध्यक्ष नारायणबहादुर कुवँरले प्राप्त सामग्रीले रेडियो संचालनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा सुन्दरबजार नगर कमिटिका संयोजक भीमबहादुर गुरुङले संचार माध्यम राज्यको एक अंग रहेको बताउँदै सबैलाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिनुयो ।

यस्तै, नोपली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका प्रतिनिधि प्रकाश सेढाइँले दुरदराजमा रहेका नागरिसकसम्म प्रभावकारी ढंगले सुचना पुर्याउने एक प्रभावकारी माध्यम रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारीले रेडियो उपकरण प्रदान गर्न भूमिका खेल्ने सबैमा धन्यवाद व्यक्त गर्दै प्राप्त सामग्रीको संरक्षण गर्दै उचित रुपमा उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा सुन्दरबजार नगर कमिटिका सचिव सुनिल सुनार अटल, सुन्दरबजार नगरपालिका–९, का वडाअध्यक्ष मोतीप्रसाद गुरुङ, सुनपा–८, का वडाअध्यक्ष कृष्णकान्त अधिकारी, सुन्दरबजार–७, का वडाअध्यक्ष जयराम रेग्मी, रेडियो भोटेओडारका उपाध्यक्ष रामप्रसाद पौडेल, कोषाध्यक्ष डम्बरबहादुर कार्की, सदस्य भीमबहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

रेडियो भोटेओडारले स्थापनाकालदेखी नै स्थानीय, राष्ट्रिय समाचारका साथै विविध सचेतनामुलक रेडियो कार्यक्रम, सचेतनामुलक रेडियो सन्देश लगायतका मनोरञ्जनात्मक रेडियो कार्यक्रम र गीत–संगीत प्रशारण गर्दै आएको छ ।


FLASH NEWS