आज:  | Sat, 30, Sep, 2023

लमजुङका २ हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रेडियो भोटेओडार २७ आश्विन २०७७, मंगलवार १५:४१ मा प्रकाशित ( २ साल अघि) २५६२१ पाठक संख्या

राष्ट्रिय अपांग पुनस्र्थापना समाज र चाइना फाउण्डेसनले लमजुङका विभिन्न सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सघाउ पुर्याउने उद्धेश्यले विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई झोलाका साथै शैक्षिक सामग्री वितरण गरेको हो ।

लमजुङको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाभित्र रहेका विभिन्न २० वटा विद्यालयका २ हजार विद्यार्थीलाई प्रति विद्यार्थी एक/एक थान झोलाका साथै कलर बक्स, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको समन्वयकर्ता युवराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमजुङ घर भई हाल काठमाडौँमा बस्दै आएका समाजसेवी जनकराज खनाल, अनिल अधिकारी र हरि बस्नेतको पहलमा ती विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

वितरण कार्यक्रममा सम्बन्धित पालिकाका जनप्रतिनिधि, नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङका सचिव हरि बराल, चाइना फाण्डेसनका प्रोग्राम म्याजेर कवित नेपाली, राष्ट्रिय अपांग पुनस्र्थापना समाजका कार्यक्रम संयोजक सुरेश प्याकुरेल लगायतको सहभागिता रहेको थियो ।

 


FLASH NEWS