पोर्चुगल लमजुङ सेवा समाज र कोरिया लमजुङ सेवा समाजले लमजुङका पहिरो प्रभावितलाई राहत प्रदान गरेका छन् ।
पोर्चुगल लमजुङ सेवा समाजले पठाएको ५० हजार रुपैयाँमध्ये दोर्दी गाउँपालिका–५, पाचोकका नवराज गुरुङ, शम्भुराज गुरुङ, योगराज गुरुङ, आइतमाया गुरुङ, सिमबहादुर गुरुङ, जितबहादुर गुरुङ, दोर्दी गाउँपालिका–८, का छल्वी गुरुङ, रेखबहादुर मगर, पन्चमाया तामाङ, कोप्ची सार्कीलाई नगद ४/४ हजार रुपैयाँ र अति पहिरो प्रभावित बन्सारका दलबहादुर मगर र दोर्दी गाउँपालिका–३, श्रीमन्ज्याङका मदन भुजेललाई नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै, कोरिया–लमजुङ सेवा समाजले पठाएको २५ हजार रुपैयाँ समाजको आग्रह अनुसार नै वन्सारका छल्वी गुरुङ, रेखबहादुर मगर, दलबहादुर मगर, पन्चमाया तामाङ र कोप्ची सार्कीलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, वडा नं ३ का वडाअध्यक्ष इन्द्रजीत गुरुङ, गाउँपालिकाका रोजगार संयोजक धर्म गुरुङले संयुक्त रुपमा समाजले पठाएको रकम पहिरो प्रभावितलाई प्रदान गर्नुभएको हो ।
सहयोग रकम वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले पहिरो प्रभावितका लागि सहयोग पठाएकोमा सहयोगी व्यक्ति तथा समाजलाई धन्यवाद दिनुभएको छ । यसका साथै उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दशैँ पर्व मनाउन आग्रह गर्नुभएको छ ।