Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

सामूहिक बाख्रापालन व्यवसायमा जुट्दै लमजुङका युवा !

रेडियो भोटेओडार २९ जेष्ठ २०७८, शनिबार १५:०१ मा प्रकाशित ( २ साल अघि) २७७०० पाठक संख्या

श्यामशितल परियार
लमजुङको दूधपोखरी गाउँपालिका–५ सिम्लेका भक्तबहादुर गुरुङले घरगाउँमै व्यवसायिक बाख्रापालन सुरु गर्नुभएको छ । २० वर्षमा ब्रिटिस सेनामा सेवारत गुरुङ जागिरबाट अवकाश पाएसंगै गाउँ फर्की बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो ।
जागिरबाट अवकाश लिएपछि उहाँले अहिले गाउँ फर्की स्थानीय साथीभाइसंग मिलेर सामुहिक रुपमा कृषि व्यवसाय सुरु गर्नुभएको हो ।
‘अहिले आफ्नै गाउँ फर्की कृषि उद्यममा लागिपरेको छु,’ भक्तबहादुरले भन्नुभयो ।
उहाँ अहिले व्यवसायिक बाख्रापालनमै व्यस्त हुनुहुन्छ । विशेषगरी :उहाँले बोयर जातको बाख्रापालनमा जोड दिनुभएको छ ।
जोस–जाँगरका साथ घरगाउँमै माटोमा श्रम–पसिना बगाउँदै हुनुहुन्छ, उहाँ । स्थानीयलाई नवीनतम कृषि प्रविधिका विषयमा जानकारी गराउन, केही युवालाई घरगाउँमै रोजगारी दिन र व्यवसायिक कृषिमा अन्य स्थानीयलाई आकर्षित गर्ने उद्धेश्यले नै आफ्नो अगुवाईमा सामूहिक रुपमा बाख्रापालन व्यवसाय सुरु गरिएको उहाँले बताउनुभयो ।


‘घरगाउँमै अझै पनि परम्परागत रुपमा कृषि तथा पशुपालन गर्ने परम्परा छ । यसमा दुःख धेरै हुन्छ । आम्दानी कम हुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार नयाँ कृषि प्रविधिको उपयोग गरी व्यवसायिक रुपमा कृषि उद्यम गर्न सकेमा उत्पादन वृद्धि हुन्छ । फाइदा हुन्छ । त्यसैले यसबारे स्थानीयलाई बुझाउनुका साथै केहीलाई घरगाउँमै रोजगारी दिने र व्यवसायिक कृषिमा स्थानीयलाई आकर्षित गर्ने उहाँको उद्धेश्य छ ।
उहाँको नेतृत्वमा १३ जना युवाहरुले गाउँबेसी एकीकृत कृषक समूहमार्फत २५ रोपनी जग्गाामा बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
दूधपोखरी गाउँपालिका–५, निमोटोमा रहेको २५ रोपनी जग्गामा उहाँहरुले ३ सय बाख्रा पाल्न सक्ने क्षमताको आधुनिक बाख्राको खोर बनाउनुभएको छ । उहाँहरुको खोरमा अहिले सुरुवातको चरणमा ८० वटा हाराहारीमा बाख्रा पालिएका छन् । फर्ममा ३५ वटा बोयर बाख्रा (सय प्रतिशत) पालिएका छन् भने बाँकी खरी जातका बाख्रा पालिएका छन् ।
स्थानीय जातको बाख्रा पालनमा भन्दा बोयर जातको बाख्रापालनमा निकै फाइदा रहेको भक्तबहादुरले बताउनुभयो ।
२० रोपनी जग्गामा विभिन्न उन्नत जातका घाँस लगाउनुभएको छ । पशुपालनका लागि घाँस खेती अनिवार्य हुन्छ । घाँस खुवाएर पशु पाल्न सकेमा उत्पादन वृद्धिका साथै दाना खरिदमा लाग्ने खर्च कम हुने र किसानलाई फाइदा पुग्ने उहाँ बताउनुहुन्छ ।


सुरुवातकै चरणमा उहाँको फर्ममा १ करोड २५ लाख खर्च भइसकेको छ । यसैवर्षभित्रमा ३ सय बाख्रा पुर्याइने उहाँहरुको लक्ष्य छ ।


FLASH NEWS