Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङ हिलेबजारका १५ घर बाढीले बगायो

रेडियो भोटेओडार २ असार २०७८, बुधबार १३:४७ मा प्रकाशित ( २ साल अघि) २६३७७ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिका–८, हिलेबजारमा रहेका १५ घर बाढीले बगाएको छ । लगातारको वर्षासंगै दोर्दी खोलामा आएको बाढीले मंगलबार साँझ हिलेबजारका १५ घर बगाएको दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिलेबजारका अन्य घरधुरी पनि बाढीको जोखिममा रहेका छन् ।

‘दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । अन्य घरहरु पनि जोखिममा रहेका छन्,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार विस्थापितहरुलाई अहिले फलेनी माविको भवनमा राखिएको छ । केही भने हिलेबजारकै माथिल्लो क्षेत्रमा रहेका छिमेकीको घरमा बसेका छन् । गाउँपालिका क्षेत्रमा बाढी, पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको पनि उहाँले बताउनुभयो ।


FLASH NEWS