Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

लमजुङ दोर्दीका बाढी प्रभावितलाई राहत वितरण

रेडियो भोटेओडार ३ असार २०७८, बिहीबार १३:५० मा प्रकाशित ( २ साल अघि) ३५८२७ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको दोर्दी गाँउपालिकाका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । लगातारको वर्षासंगै आएको बाढीले विस्थापित भएका र जोखिममा रहेका स्थानीयलाई राहत वितरण गरिएको हो ।
बाढीबाट विस्थापित भएकासंगै जोखिममा रहेका गरी कुल ६४ घरधुरीलाई बिहिबार राहत सामग्री वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले बताउनुभयो ।
उहाँका अनुसार दोर्दी गाउँपालिकासंगै नेपाल रेडक्रस सोसाइटी, आरसीडीसी लमजुङ, उद्योग वाणिज्य संघको सहयोगमा बाढी प्रभावितलाई चामल, नुन, तेल, दालका साथै कम्बल, त्रिपाल, म्याट लगायतका सामग्री वितरण गरिएको हो ।
दोर्दी खोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८, हिलेबजारका एक सामुदायिक भवनसहित १५ घर र हिमालयन पावर पार्टनर जलविद्युत आयोजनाको ड्याम साइट नजिकै रहेका ३ घरमा क्षति पुर्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
उहाँकै अध्यक्षतामा राहत सामग्री वितरण गरिएको हो ।

 


FLASH NEWS