लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा बोलेरो जिप दुर्घटना भएको छ ।
ग २ च ९९३९ नम्बरको जिप सडकबाट झण्डै १ सय ५० मिटर तल खस्दा जिप धनी एंव चालक भोटेओडारका ५५ वर्षका अर्जुन कार्की घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सुचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।
भोटेओडारबाट बलिथुम जाँदै गरेको जिप अनियन्त्रित भई आइतबार बिहान ११ः३० बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई थप उपचारका लागि मध्यपुर ठिमी भक्तपुर पठाइएको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।
घाइतेको स्वास्थ्य अवस्था अहिले क्रमिक रुपमा सुधार हुँदै आएको घाइतेका आफन्तले बताएको स्थानीय राजन परियारले जानकारी गराउनुभयो ।