Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

लमजुङको दोर्दी गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम प्रस्तुत : कृषि उत्पादनमा जोड

रेडियो भोटेओडार ८ असार २०७८, मंगलवार १८:३२ मा प्रकाशित ( २ साल अघि) १३२३१ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिकाले कृषि उत्पादनमा जोड दिने भएको छ । गाउँपालिकाले आफ्नो पालिकालाई अन्नबाली र मासुजन्य उत्पादनमा आत्म–निर्भर पार्न कृषि उत्पादनमा जोड दिने नीति लिएको छ ।
दोर्दी गाउँपालिकाको नवौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे जानकारी गराउनुभएको हो ।
धान, मकै, आलुलाई मूल बीउको रुपमा उत्पादन गर्न उत्पादन क्षेत्रलाई प्याकेज कार्यक्रमको रुपमा सबै वडामा पुर्याउन र मूल बीउ उत्पादनमा प्याकेज कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट अनुदानको व्यवस्थापन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैगैरी, कृषितर्फ नै गाउँपालिकाले आधुनिक कृषि मेसीनरी औजार उपयोग गरी उत्पादन क्षमता बढाउन मेसेनरी औजार कृषि सहकारी तथा सामूहिक कृषक समूहलाई दिने र सहकारी संस्थाहरुलाई कृषिमा आधारित उत्पादनमुखी कार्यक्रममा सहभागी गराउन जोड दिइने पनि उहाँले प्रस्तुत गर्नुभएको नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि उत्पादनलाई बजारीकरण गर्नको लागि कृषि उत्पादन बजारसम्म पुर्याउन सहुलियत ढुवानीको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
यस्तै, ‘समृद्ध दोर्दीको मूल आधार, स्वस्थ आत्मानिर्भर र पूर्ण रोजगार’ भन्ने नाराका साथ गाउँपालिकाले आउँदो आर्थिक वर्ष (२०७८/०७९)का लागि कृषिसंगै पशुपंक्षी, पर्यटन विकास, आर्थिक विकास, सामाजिक विकासतर्फ (शिक्षा, स्वास्थ्य), संस्थागत विकास तथा सेवा प्रवाह, प्रधानमन्त्री रोजगार कार्यक्रम, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार विकास, युवा तथा खेलकुद विकासतर्फ पनि विभिन्न कार्यक्रम ल्याएको गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा गाउँसभा संचालन भएको हो । गाउँपालिकाका उपाध्यक्ष घलेले स्वागत गर्नुभएको औपचारिक कार्यक्रममा जिसस लमजुङका सदस्य लालबहादुर गुरुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङ, प्रशासन प्रमुख रुकमान गुरुङ, ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन गाउँपालिकाका कर्मचारी पोष्टनारायण ढकालले गर्नुभएको हो ।

कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष जुट्नुपर्नेमा जोड दिएका गाउँपालिकाका प्रेस सल्लाहकार रुद्रहरि ढकालले जानकारी दिनुभयो ।


FLASH NEWS