Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामीको चाप : पानी शुद्धीकरण गरी पिउन स्वास्थ्यकर्मीको आग्रह

रेडियो भोटेओडार २३ असार २०७८, बुधबार ०८:५३ मा प्रकाशित ( २ साल अघि) २०९५९ पाठक संख्या

श्यामशितल परियार
जिल्ला अस्पताल लमजुङमा पानीजन्य रोगका बिरामी बढेका छन् । दूषित पानी सेवनका कारण हुने झाडापखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी अहिले धेरै मात्रामा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले अस्पतालमा दैनिक १ सय २० जना हाराहारीमा बहिरंग सेवा लिइरहेका छन् ।

‘बर्खाको समय छ । यस समयमा तुलनात्मक रुपमा पानीजन्य रोगका बिरामी बढि छन्,’ उहाँले भन्नुभयो ।

यस्तै स्वास्थ्य समस्याका २० जना हाराहारीमा बिरामी अहिले अस्पतालमै भर्ना भई उपचाररत रहेको पनि उहाँले बताउनुभयो ।

अस्पतालमा छुट्टाछुट्टै स्वास्थ्यकर्मीको समूह बनाई कोरोना संक्रमित र सामान्य रोगका बिरामीहरुको उपचार गरिएको उहाँले बताउनुभयो ।
विशेषगरी ः बर्खाको यस समयमा दूषित पानीको सेवनबाट विभिन्न पानीजन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले पानी शुद्धीकरण गरी पिउन सबैमा स्वास्थ्य कार्यालय, लमजुङका प्रमुख अमर दवाडीले आग्रह गर्नुभएको छ ।


FLASH NEWS