Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

सहकारी अर्थतन्त्रको आधार : मुख्यमन्त्री पोखरेल

रेडियो भोटेओडार २८ कार्तिक २०७८, आईतवार ११:०२ मा प्रकाशित ( २ साल अघि) २००५६ पाठक संख्या

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार, नीजि क्षेत्र र सहकारी नै अर्थतन्त्रको मुख्य आधार रहेको उल्लेख गर्नुभएको छ ।
लमजुङको सुनदरबजार नगरपालिका–९, भोटेओडारमा रहेको सिर्जनात्मक साकोसको २५ औँ वार्षिकोत्सवलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकार, नीजि क्षेत्र र सहकारी मिलेर अघि नबढेसम्म देशको विकास हुन नसक्ने र संविधानले नै यो कबुल गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले नीजि क्षेत्र र सहकारीलाई उपयुक्त वातावरण, उपयुक्त कानुन निर्माणका साथै उपयुक्त परिस्थित सिर्जना गर्नुपर्ने दायित्व सरकारको हुने बताउनुभयो ।
यसैगरी, कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले सहकारीमार्फत रोजगारी सिर्जना हुनुका साथै गरिवी निवारण हुँदै गएको बताउनुभयो ।
सहकारी अर्थतन्त्रको एक बलियो खम्बा रहेको पनि मन्त्री गुरुङले बताउनुभयो ।
सोही कार्यक्रममा गण्डकी प्रदेशका बिना विभागीय मन्त्री दोबाटो विश्वकर्माले सहकारी क्षेत्रमा केही समस्या रहेका र ती समस्या समाधान गरिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सरल, सुलभ रुपमा उत्पादनमुलक क्षेत्रमा सहकारीले ऋण प्रवाह गर्नुपर्ने र नागरिकको जीवनस्तर उकास्न भूमिका खेल्नुपर्ने मन्त्री विश्वकर्मा बताउनुभयो ।
साकोसका अध्यक्ष रामजी कडेँलको अध्यक्षतामा कार्यक्रम भएको हो । साकोसका सहअध्यक्ष केशवराज अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा संविधानसभा सदस्य चन्द्रबहादुर कुवँर, कास्कीका जिल्ला न्यायधीस श्रीकृष्ण भट्टराई, नेकपा एमालेका भीमबहादुर गुरुङ, नेपाली कांग्रेसका ज्ञानु शाह, नेकपा माओवादी केन्द्रका मेखबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीका रामबाबु अधिकारी, साकोसका संस्थापक, सल्लाहकार संयोजक एवं रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङ, डा. प्रमोद लामिछाने, लसुने खोला खानेपानीका अध्यक्ष प्रेम जिसी, शेयर सदस्य रामप्रसाद पौडेल, विष्णु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा साकोसका सचिव मेनबहादुर घलेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सिर्जनात्मक साकोसले आर्थिक वर्ष ०७६÷७७ मा कुल कारोवार एक अर्व ४ करोड ९ लाख ८३ हजार ४ सय ५५ रुपैयाँ रहेकोमा यसवर्षको कुल कारोबार १ अर्व ३० करोड ८८ लाख ७४ हजार ६ सय ७३ रुपैयाँ रहेको साकोसले जनाएको छ ।
साकोसका क्षेत्रीय प्रतिनिधिका साथै सरोकारवालाहरुको उपस्थिती रहेको कार्यक्रममा पुरस्कार वितरणका साथै सांस्कृतिक कार्यक्रम समेत संचालन गरिएको थियो ।
कार्यक्रमको संचालन साकोसका सचिव घले र सह–सचिव सिर्जना बराल अधिकारीले गर्नुभएको हो ।

 


FLASH NEWS