Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

लमजुङको पाउँदीमा भक्तजनको घुइँचो !

रेडियो भोटेओडार २९ कार्तिक २०७८, सोमबार १७:४२ मा प्रकाशित ( २ साल अघि) १४३०२ पाठक संख्या

लमजुङको प्रवेशद्धार पाउँदीस्थित मस्र्याङ्दी नदी किनारामा ठूलो एकादशीका दिन ठूलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि लमजुङ, तनहुँ, गोरखासहित विभिन्न ठाउँबाट बर्सेनी हजारौँ संख्यामा भक्तजनहरु आउने गर्दछन् ।
कोरोना प्रभावका कारण विगतका दुई वर्ष खासै मेला लाग्न नसकेपनि यसवर्ष भने पाउँदी क्षेत्रमा भक्तजनको निकै घुइँचो लागेको कमृदा नदीको शिवजी मन्दिर संरक्षण समितिका सचिव गौतम पोखरेलले बताउनुभयो । झण्डै १२ हजार भक्तजन यसवर्ष पाउँदीमा मेला भर्न आएका उहाँले बताउनुभयो ।


जानकारहरुका अनुसार यस मेलामा बर्सेनी भक्तजनको संख्या त बढ्दो देखिन्छ । तर विगतमा जस्तो मौलिक बाजागाजासहित फूलको डोली तार्ने संख्या भने पछिल्लो समय निकै न्यून हुँदै गएको छ । यसवर्ष यहाँ एउटामात्रै फूलको डोरी तारिएको छ ।
मन्दिर संरक्षण समितिले नै यसवर्ष फूलको डोरी तारेको पोखरेलले बताउनुभयो ।
विगतमा टाढा टाढाबाट बाजागाजासहित फूलको डोली ल्याई तार्ने गरिएकोमा यसवर्ष तार्ने गरी फूलको डोली नआएको उहाँले बताउनुभयो ।
विगतमा एकादशी मेलामा मौलिक भजन किर्तनका साथै विभिन्न मौलिक सांस्कृतिक प्रस्तुती पस्केर रमाउने चलन रहेकोमा पछिल्लो समय त्यो प्रचलन पनि भेटिनै मुश्किल छ ।
पूजाअर्चनाका लागि भन्दा पनि रमाइलोका लागि एकादशी मेला भर्न आउनेको संख्या धेरै रहेको र एकादशीको मौलिकपन हराउँदै गएको पाउँदीका शिवकुमार पोखरेलले बताउनुभयो ।
धार्मिक, सांस्कृतिक रुपमा मात्र नभई बर्सेनी एकादशीका बेला लाग्ने मेलाले ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणमा समेत टेवा पुर्याउँदै आएको छ ।
पाउँदीमा लाग्ने एकादशी मेलामा स्थानीय कृषिजन्य उत्पादन सुन्तला, बदाम, भटमास, उखुका साथै कुटो–कोदालो, डोका–नाम्ला लगायतका विभिन्न घरेलु हस्तकलाका सामग्री बिक्रीका लागि विभिन्न जिल्लाबाट मानिसहरु यहाँ आइपुग्छन् । तर विगतमा जस्तो यसवर्ष भने खासै व्यापार नभएको घरेलु हस्तकला बिक्रेता राम गुरुङले बताउनुभयो ।


लमजुङको पाउँदीसंगै खुदी र लमजुङ र तनहुँको सिमाना सिसाघाट क्षेत्रमा पनि बर्सेनी एकादशीका बेला ठूलो मेला लाग्ने गर्दछ । मेला भर्नका लागि हजारौँ संख्यामा भक्तजनहरु त्यहाँ पुग्छन् । तर पनि पछिल्ला समय भने एकादशीको मौलिकपन हराउँदै गएकोमा भने संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् ।
मौलिक कला, परम्परा, संकृति संरक्षणका लागि युवापुस्ता जुट्नुपर्ने संस्कृतिप्रेमी बताउँछन् ।


FLASH NEWS