Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 23, Apr, 2024

लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा संचालित साना सवारीको भाडादर निर्धारण : न्यूनतम भाडादर २० रुपैयाँ

रेडियो भोटेओडार ९ मंसिर २०७८, बिहीबार १३:२९ मा प्रकाशित ( २ साल अघि) २५९७८ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा संचालन भइरहेका साना सवारी (अटो रिक्सा)को भाडादर निर्धारण गरिएको छ ।
सुन्दरबजार नगरपालिकाले ‘टेम्पो, अटो रिक्सा व्यवस्थापन कार्यविधिको दफा ७’ बमोजिम ‘रुट इजाजत तथा भाडादर निर्धारण समिति’बाट रुट इजाजत प्राप्त गरेका सवारी साधनहरुको भाडादर निर्धारण गरिएको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार रुट इजाजत तथा भाडादर निर्धारण समितिको निर्णयअनुसार प्रति यात्रु न्यूनतम भाडादर २० रुपैयाँ, सिउँडीबार–प्रोजेक्ट गेट २५ रुपैयाँ, सिउँडीबार– अन्नपूर्ण टोल ३० रुपैयाँ, सिउँडीबार–क्याम्पसगेट ४० रुपैयाँ, सिउँडीबार– सुन्दरबजार अस्पताल ६० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
क्याम्पसगेट–सुन्दरबजार अस्पताल २५ रुपैयाँ, क्याम्पसगेट–कुमालटार २५ रुपैयाँ, क्याम्पस गेट कुमालटार हुँदै पाउँदी ६० रुपैयाँ, सिउँडीबार–सुन्दरबजार सैनिक टोल सुन्दरबजार ५० रुपैयाँ, सिउँडीबार–नमूना अस्पताल ६० रुपैयाँ, सिउँडीबार सुन्दरबजार नगरपालिका नवनिर्मित भवनसम्म ७० रुपैयाँ भाडा तोकिएको छ ।
यस्तै, सिउँडीबार खत्रीठाँटीसम्म ८० रुपैयाँ, क्याम्पसगेट देखी खत्रीठाँटीसम्म ४० रुपैयाँ, सैनिक टोल–खत्रीठाँटी ३० रुपैयाँ, सिउँडीबार–सत्रसय २ सय रुपैयाँ, सिउँडीबार–कोइरालफाँट २ सय ५० रुपैयाँ, सिउँडीबार–सुन्तलेटार १ सय ३० रुपैयाँ, सत्रसय–कोइरालाफाँट ५० रुपैयाँ, खत्रीठाँटी–परेवाडाँडा वडा कार्यालयसम्म ८० रुपैयाँ, खत्रीठाँटी–सुन्तलेटार ५० रुपैयाँ, खत्रीठाँटी–खहरे ३० रुपैयाँ, खत्रीठाँटी घुमाउने एक सय रुपैयाँ, खत्रीठाँटी सत्रसय १ सय २० रुपैयाँ, खत्रीठाँटी लामिखेत १ सय ५० रुपैयाँ, र खत्रीठाँटी देखी कोइरालाफाँटसम्म १ सय ८० रुपैयाँ भाडा निर्धारण गरिएको उहाँले बताउनुभयो ।
सुन्दरबजार नगरपालिका क्षेत्रमा अटो संचालनमा आएसंगै नागरिकलाई आवत–जावतमा सहज हुनुका साथै समयको पनि वचत भएको स्थानीयले बताएका छन् ।

 


FLASH NEWS