आज:  | Sat, 30, Sep, 2023

लमजुङका ६ वटा पालिकामा नेकपा (माओवादी केन्द्र)को सर्वसम्मत कमिटि गठन

रेडियो भोटेओडार १३ मंसिर २०७८, सोमबार १५:०३ मा प्रकाशित ( १ साल अघि) १४०७१ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को लमजुङका विभिन्न ६ वटा पालिकामा सर्वसम्मत कमिटि गठन भएको छ ।
पार्टीको प्रथम पालिका अधिवेशनमार्फत जिल्लाका ६ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लमजुङका जिल्ला समन्वय समिति सदस्य एवं कार्यालय सचिव हरिजंग तामाङले जानकारी दिनुभयो ।
सम्पन्न पालिका अधिवेशनबाट मध्यनेपाल नगर समितिको अध्यक्षमा उपेन्द्र अधिकारी, उपाध्यक्षमा नवराज घिमिरे, उपाध्यक्षमा सोमराज अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद तिवारी, सचिवमा रामकृष्ण भट्टराई, सहसचिवमा मैया मौराती, कोषाध्यक्षमा सपना घिमिरे लगायत ५१ सदस्यीय समिति चयन भएको छ ।
सुन्दरवजार नगर समितिको अध्यक्षमा मुरारी भुजेल, उपाध्यक्षमा सिर्जना बराल अधिकारी, महेन्द्रबहादुर अधिकारी, सूर्यबहादुर बुढाप्रिथी, सचिवमा धु्रव विक, सहसचिवमा ज्ञानेन्द्र शर्मा, कोषाध्यक्षमा अप्सरा विकसहित ५५ सदस्यीय समिति चयन भएको छ ।
दोर्दी गाउँपालिकाको अध्यक्षमा सागर गुरुङ, उपाध्यक्षमा रविन्द्र अधिकारी, आरती घिमिरे, चिन गुरुङ, सचिवमा सोमबहादुर गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ, कोषाध्यक्षमा शान्ता वि.क. लगायत ४३ सदस्यीय समिति गठन भएको छ ।
यस्तै, दूधपोखरी गाउँपालिकाको अध्यक्षमा क्षेत्रबहादुर गुरुङ, उपाध्यक्षमा पूर्ण न्यौपाने, खेमबहादुर गुरुङ, माया दवाडी, सचिवमा श्यामकुमार श्रेष्ठ, सहसचिवमा रामचन्द्र न्यौपाने, कोषाध्यक्षमा निलकुमारी परियारलगायत २१ सदस्यीय रहेका छन् ।
मस्र्याङदी गाउँपालिका पार्टीको समिति २१ सदस्यीय चयन भएको छ । पदाधिकारी भने चयन गर्न बाँकी रहेको पार्टी कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।
जिल्लाको बाँकी २ पालिका बेसीशहर नगरपालिका र क्वलहोसोँथर गाउँपालिकामा छिट्टै समिति चयन हुने पनि उहाँले बताउनुभयो ।
माओवादी केन्द्रले आउने पुस ११ देखी १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ ।


FLASH NEWS