Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

आगामी चुनावसम्म गठबन्धनबीच सहकार्य हुने ऊर्जामन्त्री भुसालको भनाइ

रेडियो भोटेओडार १५ मंसिर २०७८, बुधबार १३:१६ मा प्रकाशित ( २ साल अघि) १८०६१ पाठक संख्या

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारमा रहेका पाँच दलीय गठबन्धन आगामी चुनावसम्म जाने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र, दोर्दी गाउँपालिका, लमजुङको प्रथम पालिका अधिवेसनको घोषणा सभालाई मंगलबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रियताको रक्षा, संविधानको रक्षा र जनताको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनाइएको समेत उहाँले बताउनुभयो ।
‘प्रति क्रान्तिको खतरा हुँदासम्म हामी परिवर्तनका शक्तिहरुले राष्ट्रियता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सहमति गरेका छौँ । पाँच दलीय गठबन्धनको सरकार छ । चार दल मिलेर सरकार बनेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले केन्द्र र सातवटै प्रदेशमा गठबन्धनको सरकार छ ।’
आवश्क पर्दा आगामी चुनावसम्म गठबन्धन मोर्चा बनाएर अघि जाने सोचमा रहेको उहाँले बताउनुभयो ।
‘ठूलो मूल्य चुकाएर ल्याएको नेपालको परिवर्तन रक्षा र त्यसका अगाडि आउनसक्ने प्रतिगमन, प्रति क्रान्तिलाई पराजित गर्न त्यो आवश्यकता महसुस गरिएको र सहकार्यद्धारा अघि बढ्ने गठबन्धनको प्रतिवद्धता रहेको छ,’ उहाँले भन्नुभयो ।
पालिका अधिवेसनले नेकपा माओवादी केन्द्र, दोर्दी गाउँ समितिको अध्यक्षमा सागर गुरुङलाई चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रविन्द्र अधिकारी, चिनबहादुर गुरुङ, आरती गुरुङ, सचिवमा सोमराज गुरुङ, सहसचिवमा रामचन्द्र तामाङ र कोषाध्यक्षमा शान्ता विक र अन्य सदस्यमा चयन भएका छन् ।
नेकपा माओवादी केन्द्र, दोर्दी गाउँ समितिका अध्यक्ष सागर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।नेकपा माओवादी केन्द्र दोर्दी गाउँ समितिका उपाध्यक्ष रविन्द्र अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थय तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ, नेकपा एमाले, दोर्दी गाउँ कमिटिका अध्यक्ष युवराज अधिकारी, नेकपा एकीकृत समाजवादी, दोर्दीका संयोजक रणबहादुर घले, पार्टीका जिल्ला समन्वय समिति सदस्य ओमबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता पारसमणि पौडेल, देवेन्द्र पौडेल, संविधानसभा सदस्य बुद्धिराम तमु, लालबहादुर तमु लगायत पार्टीका जिल्ला तथा स्थानीय तहका नेताहरुको उलेख्य उपस्थिती रहेको थियो ।
नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उलेख्य उपस्थित रहेको कार्यक्रमको संचालन धर्म गुरुङले गर्नुभएको हो ।

 


FLASH NEWS