लमजुङको सुन्दरबजार नगरपालिका–९, बेलघारीमा ट्रयाक्टर दुर्घटना भएको छ । सुन्दरबजार नगरपालिकाको भोटेओडारबाट दोर्दी गाउँपालिकातर्फ जाँदै गरेको ग १ त ६३०६ नम्बरको ट्रयाक्टर सोमबार दिउँसो ३ बजे अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिँदा ट्रयाक्टरमा सवार ७ जना मजदूर घाइते भएका जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।
‘ट्रयाक्टरमा सवार नौ जना मजदूरमध्ये सात जना मजदूर घाइते भएका हुन्,’ उहाँले भन्नुभयो ।
प्रहरी निरीक्षक रेग्मीका अनुसार घाइते मजदूरहरुको अवस्था सामान्य रहेको छ । चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।
घाइतेहरुको भोटेओडार हस्पिटलमा उपचार भएको र एक जना घाइतेलाई भने थप उपचारका लागि चितवन ‘रिफर’ गरिएको उहाँले बताउनुभयो ।