लमजुङको राइनास नगरपालिकाले विभिन्न २० वटा ऐन, नियामावली तथा कार्यविधीहरु संशोधनसहित पारित गरेको छ ।
शुक्रबार राइनास तिनपिप्लेमा आयोजित नगरपालिकाको नवौँ नगरसभाले विभिन्न २० वटा ऐन, नियमावली तथा कार्यविधिहरु संशोधनसहित पारित गरेको हो ।
नगरसभाले उद्योग, वाणिज्य र कर प्रशासन कार्यविधि, जलश्रोतको उपयोग तथा व्यवस्थापन सम्वन्धी कार्यविधि, तालिम व्यवस्थापन तथा संचलन कार्यविधि, महिला सशक्तिकरण कार्यक्रम संचालन कार्यविधि, यान्त्रिक उपकरणहरु संचालन कार्यविधि, राइनास नगरपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि, स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, कृषक समूह गठन कार्यविधि, उपभोक्ता समिति गठन एवं परिचालन कार्यविधि, संघसंस्था गठन कार्यविधि, प्रशासकीय कार्यविधि, स्थानीय राजपत्र प्रकाशन कार्यविधि, योजना, अनुगमन मुल्यांकन तथा योजना फरफारक एवं भुक्तानी कार्यविधि, विपन्नद तथा विपद्जन्य जोखिममा परहेका नागरिकलाई दिईने सहायतालाई व्यवस्थित गर्न बनेको कार्यविधि, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोष संचालन कार्यविधि, राइनास नगरपालिकाको कृषि ऐन, लैंगिक हिसां निवारण कोष संचालन कार्यविधि २०७८ संशोधनसहित पारित गरिएको राइनास गरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाले बताउनुभयो ।
नगरप्रमुख थापाकै अध्यक्षतामा भएको कार्यक्रममा विधेयक समितिका संयोजक विष्णुमाया धितालले नगरसभामा विधेयक प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाका उपप्रमुख धनकुमारी गुरुङले स्वागत गर्नुभएको नगरसभामा राइनास नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को अर्धवार्षिक समिक्षा प्रतिवेदन नगरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाले प्रस्तुत गर्नुभएको हो ।
नगरसभा सदस्यहरुको सहभागिता रहेको नगरसभाको सहजीकरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोर्कणराज सुयलले गर्नुभएको हो ।