Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

मालपोत र नापी सेवा संचालनको प्रकृयामा जुट्दै लमजुङको सुन्दरबजार नगरपालिका

रेडियो भोटेओडार १८ फाल्गुन २०७८, बुधबार १५:१६ मा प्रकाशित ( २ साल अघि) २१२७४ पाठक संख्या

 

लमजुङको सुन्दरबजार नगरपालिका मालपोत र नापी सेवा संचालनको प्रकृयामा जुटेको छ । सेवा संचालनका लागि आवश्यक राय, सल्लाह सुझाव लिन, सहमति जुटाउन र प्रकृया पुरा गर्नका लागि नगरपालिकाले सर्वपक्षीय बैठक समेत बसेको छ ।

सुन्दरबजार नगरपालिकामा आवश्यक प्रकृया पुरा गरी सुन्दरबजार नगरपाकिालाई केन्द्र बनाएर इकाइ स्थापना गरेर भएतापनि मालपोत र नापी सेवा प्रवाह गर्न सकेमा सुन्दरबजार नगरपालिकासंगै विभिन्न पालिकाका नागरिकलाई समेत सहज हुने, नागरिकको समय र पैसाको वचत हुनसक्ने नगरप्रमुख जनकराज मिश्रले बताउनुभयो ।

‘सुन्दरबजार नगरपालिका जिल्लाको दोश्रो मुख्य व्यापारिक केन्द्र पनि हो । यस क्षेत्रबाटै मालपोत र नापी सेवा दिन सकिएमा राइनास नगरपालिका, मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका नागरिकलाई पनि सहज हुनसक्छ,’ उहाँले भन्नुभयो ।

मुलुक संघीयतामा गएतापनि नागरिकले अझैपनि कतिपय सेवाहरु जिल्लास्थित सदरमुकामबाटै लिनुपर्ने बाध्यकारी अवस्था रहेको बताउँदै नगरप्रमुख मिश्रले मालपोत र नापी सेवा पनि स्थानीय तहबाटै प्रदान गर्न सकेमा नागरिकलाई थप सहज हुने बताउनुभयो ।

यसका विषयमा सरोकारवालाहरुसंग थप छलफल र समन्वय गरी प्रकृया अघि बढाइने तयारी रहेको उहाँले उल्लेख गर्नुभयो ।

सुन्दरबजार नगरपालिकामा मालपोत र नापी सेवा संचालनका लागि आवश्यक प्रकृयाका विषयमा जानकारी लिनका लागि सुन्दरबजार नगरपालिकाका ज्ञानेन्द्र शर्मा, गेहेन्द्र मिश्र, सुरेन्द्रलाल श्रेष्ठ र अशोक सुनार सहितको एक टोली यसअघि भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय पुगेको थियो ।

इकाइ स्थापना गरी मालपोत र नापी सेवा संचालनका लागि सर्वदलीय निर्णय, नगर कार्यपालिकाको निर्णय, जनसंख्या अभिलेख, जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र, संघीय सांसदको पत्र र पालिकाहरुको सहमति पत्र आवश्यक हुने जानकारी प्राप्त भएको ज्ञानेन्द्र शर्माले उल्लेख गर्नुभयो ।

बैठकमा सहभागि नेकपा एमाले, सुन्दरबजार नगर कमिटिका अध्यक्ष भीमबहादुर गुरुङ, नेपाली कांग्रेसका सुन्दरबजार नगर कार्य समितिका सभापति प्रकाश सेढाइँ, नेकपा माओवादी केन्द्र, सुन्दर बजार नगर कमिटिका अध्यक्ष मुरारी भुजेल लगायतले मालपोत र नापी सेवा संचालनको प्रस्ताव सकारात्मक रहेको बताउँदै पालिकास्तरमा यस सेवा प्रवाह नहुन्जेलसम्म सुन्दरबजार नगरपालिकालाई नै केन्द्र बनाई सेवा प्रवाह गर्ने विषयमा मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकासंग छलफल, समन्वय गरी सहमति जुटाएर अघि बढ्न आग्रह गर्दै यसमा दलहरुको साथ, सहयोग र समन्वय रहने उहाँहरुले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नगरप्रमुख मिश्रकै अध्यक्षतामा संचालित कार्यक्रममा नगरउपप्रमुख ज्ञानु शाह, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, सामाजिक विकास सुन्दरबजार नगरपालिकाका संयोजक एवं उपसचिव ठाकुरजी तिवारी, वडाअध्यक्ष, कार्यपालिका सदस्य, सुन्दरबजार नगरपािलकाका योजना अधिकृत ऋषिराम पौडेल लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।


FLASH NEWS