आज:  | Fri, 09, Jun, 2023

लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालिन निषेधज्ञा जारी

रेडियो भोटेओडार २५ फाल्गुन २०७८, बुधबार ०९:३१ मा प्रकाशित ( १ साल अघि) ४०१९५ पाठक संख्या

श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबार क्षेत्रमा निषेधज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष सुशिल वैद्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले यस क्षेत्रमा बुधबार बिहान ६ बजेदेखी अर्को आदेश जारी नभएसम्मका लागि निषेधज्ञा जारी गरेको हो ।
मंगलबार सिउँडीबारमा रहेको फ्युचर स्टार आवासीय माविको कक्षा १० मा अध्ययनरत छात्र वर्ष १८ का सनिज श्रेष्ठको मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको विषम परिस्थितीलाई मध्यनजर गरी सुन्दरबजार नगरपालिका वडा न. ७ पूर्व दक्षिणमा अवस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासबाट पाउँदीतर्फ आउने मस्र्याङ्दी पुल, पश्चिमतर्फ सुन्दरबजार नगरपालिका ९ मा अवस्थित मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको आवास क्षेत्रको मूलगेट अगाडिको पक्की सडक र उत्तरतर्फ सुन्दरबजार नगरपालिका ९ मा अवस्थित सिउँडीबार चोक समेत चार किल्ला भित्रको क्षेत्रमा निषेधज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती क्षेत्रमा सुरक्षाकर्मी खटाइ सुरक्षा व्यवस्था कडाइ गरिएको छ । ती क्षेत्रमा जुलुस, भेला र मानिसहरुको भीडभाड गर्न रोक लगाइएको छ ।


FLASH NEWS