Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

(Untitled)

रेडियो भोटेओडार ५ असार २०७९, आईतवार १३:४२ मा प्रकाशित ( १ साल अघि) ९५५६ पाठक संख्या

ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ वार्षिक साधारणसभा सम्पन्न ः २० जना ज्येष्ठ नागरिक सम्मानित

ज्येष्ठ नागरिक समाज, भोटेओडारले आफ्नो नवौँ वार्षिक साधारणसभा मनाएको छ । शनिबार एक कार्यक्रमका बीच समाजले आफ्नो वार्षिक साधारणसभा मनाएको हो । समाजका अध्यक्ष नारायणबहादुर कुवँरको अध्यक्षता एवं सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कोइरालाले ज्येष्ठ नागरिकको हकहितमा सबै पक्ष जुट्नुपर्नेमा जोड दिनुभएको छ ।

समाजका उपाध्यक्ष वसन्तराज खनालले स्वागत गर्नुभएको कार्यक्रममा समाजका सल्लाहकार धुव्रवहादुर कुवँर, ज्येष्ठ नागरिक समाज राइनास नगरपालिकका अध्यक्ष गोविन्द कोइराला, रविकला अधिकारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा समाजका कोषाध्यक्ष चन्द्रकान्त अधिकारीले ४५ हजार ४ सय ९८ रुपैयाँ बराबरको आय व्यव विवरण प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा समाजले ७९ वर्षदेखी ९० वर्ष उमेर समूहका २० जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यवनप्राशका साथमा ढाड कन्याउने सामग्री प्रदान गरी सम्मानित गरेको छ ।

यस समाजमा सुन्दरबजार नगरपालिका ८ र ९ का गरी ७३ जना ज्येष्ठ नागरिक आवद्ध हुनुहुन्छ । समाजले हरेक वर्ष समाजमा आवद्ध ज्येष्ठ नागरिकका साथै वृद्ध बाआमा, सासु÷ससुराको राम्रो हेरचाह गर्नेहरुलाई सम्मानित गर्दै आएको छ ।

समाजको नवौँ वार्षिक साधारणसभामा रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, शिक्षाप्रेमी गोविन्दबहादुर कुँवर लगायत स्थानीय वुद्धिजीवि, समाजसेवीहरुको उलेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन समाजका सचिव शेरसिंह कार्कीले गर्नुभएको हो ।

 

 


FLASH NEWS