Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

मनै लोभ्याउने लमजुङको गाइखुरे झरना !

रेडियो भोटेओडार ५ असार २०७९, आईतवार १८:४२ मा प्रकाशित ( १ साल अघि) १५३५२ पाठक संख्या

 

श्यामशितल परियार

केही उचाइबाट झरेको चिसो पानी । आडैमा कलकल मस्र्याङ्दी । मनोरम अनि शान्त वातावरण । मनै भुलाउने लमजुङको गाइखुरे झरना ।

डुम्रे–बेसीशहर सडकखण्डको छेउमै पर्ने बेसीशहर नगरपालिका–१, उदीपुरमा रहेको गाइखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । चिसो झरनाको पानीमा पौडी खेल्ने, नुहाउनेको भीड देख्न सकिन्छ । गाईखुरे झरना साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ ।

चिसो बताससंगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्नेको पनि उतिक्कै भीड देख्न सकिन्छ ।

पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुशी मिल्ने झरनासम्म पुग्नेहरु बताउँछन् ।

सडक छेउमै भएकाले गाडी वा मोटरसाइकल रोकेर झरनामा एकैछिन भएपनि रमाउनेहरु धेरै छन् । शनिबार र बिदाको दिन तुलनात्मक रुपमा झरना हेर्नेको भिड बढी लाग्ने गर्छ ।

बर्खायाममा झरना हेर्न र यहाँ रमाउन पुग्नेहरुको भिड लाग्छ । तर हिउँदमा यो झरना प्राय ः सुनसान जस्तै हुन्छ । हिउँदमा झरनामा पानी हुँदैन ।

नजिकै बगेको मस्र्याङ्दीको पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई झरनासम्म तान्न सकिने र पर्यटन प्रवद्र्धन गर्न सकिने सरोकारवालाहरु बताउँछन् । यस झरनामा विगतमा विभिन्न समयमा ‘क्यनोनिङ’ हुने गरेको थियो । यहाँ ‘क्यानोनिङ’को पनि उतिक्कै सम्भावना छ ।


FLASH NEWS