Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

लमजुङको सुन्दरबजार नगरपालिकालाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा

रेडियो भोटेओडार ३० असार २०७९, बिहीबार १०:३९ मा प्रकाशित ( १ साल अघि) ११५९३ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिकाकालई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । सुन्दरबजार नगरपालिका ७ पाउँदीमा एक कार्यक्रमको आयोृजना गरी नगरपालिकालाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

नगरक्षेत्रमा रहेका २७ हजार २ सय २० पशुमध्ये २२ हजार ६ सय २ पशुलाई विभिन्न रोग विरुद्धको खोप लगाएसंगै सुन्दरबजार नगरपालिकालकाई पशुमा पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।

नगरक्षेत्रमा गाइभैँसी, भेडाबाख्रा, राँगा, बंगुर, कुकुर र बिराला गरी २७ हजार २ सय २० पशुमध्ये २२ हजार ६ सय २ पशुलाई विभिन्न रोग विरुद्धको खोप प्रदान गरिएको हो ।

पशुमा खोप लगाएसंगै रोग, संक्रमण लाग्नबाट पशुलाई बचाउन सकिने र किसानको पशुधनको रक्ष ागर्न सकिने सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

नगरप्रमुख कोइरालाकै प्रमुख आतिथ्यतामा भएको पशुमा पूर्ण खोपयुक्त पालिका घोष्णा कार्यक्रममा बोल्दै उहाँले पशुमा हुनसक्ने विभिन्न रोग, संक्रमणको जोखिम न्यूनीकरणका लागि पशुलाई खोप लगाउनुपर्ने, यसमा किसान पनि जागरुक हुुनपर्ने र सम्वन्धित नियकाले पनि यसलाई निरन्ता दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

कार्यक्रममा सुन्दरबजार नगरपालिकाका नगरउपप्रमुख भवानी केसी, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, विज्ञ केन्द्रका पशु चिकित्सक डा. विनय शाह लगायतको उपस्थिति रहेको थियो ।


FLASH NEWS