नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले घलेगाउँले लमजुङको परिचय झनै फराकिलो बनाएको बताउनुभएको छ । नेकपा एमाले, जिल्ला कमिटि लमजुङको आयोजनानमा शनिबार बेसीशहरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको छ । लमजुङको घलेगाउँ पर्यटकीय रुपमा स्वदेशीका लागि मात्र नभई विदेशीहरुको पनि केन्द्रविन्दु बन्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
सोही अवसरमा उपाध्यक्ष शाक्यले संघीयताको विकल्पमा अर्को कुनै व्यवस्था सोच्न नहुने उल्लेख गर्नुभयो । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएको अवस्थामा यसको विकल्पमा अर्को कुनै व्यवस्था सोच्न नहुने उल्लेख गर्नुभयो । संघीयता समय सान्दर्भिक रहेकाले यसलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । यसैगरी, नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पछिललो समय एमालेभित्र पनि अराजकता देखिएकाले यसको अत्यका लागि सबै जुट्नुपर्ने आवश्यकता औल्याउनुभयो । सबै एकता भएमा अबको चुनावमा पनि एमालेको जीत सुनिश्चित रहेको उहाँले बताउनुभयो । नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा संचालित जिल्लास्तरीय प्रशिक्षणमा नेकपा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा एमालेका केन्द्रीय सदस्य टुका हमाल, नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनन्जय दवाडी लगायत नेकपा एमालेका पालिका, जिल्लास्तरका नेता तथा कार्यकर्ताको उलेख्य सहभागिता रहेको थियो ।