आज:  | Fri, 29, Sep, 2023

जन्म दिनमा बृक्षारोपण अभियानले तिब्रता लिदै, भोटेओडारमा शाखा बिस्तार

रेडियो भोटेओडार २४ श्रावण २०७९, मंगलवार १७:२० मा प्रकाशित ( १ साल अघि) ९५५६ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका ८ भोटेओडार कृष्ण बगैचामा सामुहिक बृक्षारोपण कार्यक्रम भएको छ । भोटेओडार कृष्ण बगैचामा रहेको ठाडोभाका शिरोमणी स्व. भेडिखर्के साईला (दिर्घराज अधिकारी)लोक गायक स्व. युक्त गुरुङ र समाजसेवी स्व. कालु कार्कीको स्मृती पार्कमा आइतबार बृक्षरोपण गरिएको हो । भोटेओडारका स्थानिय रामबाबु कार्कीको जन्म दिनको अवसरमा पार्कमा बृक्षारोपण गरिएको हो ।
पार्कमा कार्की संगै अभियानका स्थापक अध्यक्ष बासुदेव सेढाइ,सुन्दरबजार ८ का अध्यक्ष्ँ बिजेन्द्र थापा,गंगा बहादुर अधिकारी, ध्रुव बहादुर  कूँवर,प्रमोद कूँवर, प्रितम अधिकारी, बिरसिंग घले कृष्णकान्त अधिकारी, सुरेर गुरुङ, इन्द्र बहादुर गुरुङ, इलाका प्रहरी कार्यलय भाटेओडारका प्रमुख राजन प्रसाद तिमिलसिना लगायका व्यक्तिले बेलपत्र, रुद्राक्ष, पारिजात लगायतका बिरुवा रोप्नु भएको हो ।
वातवरणीय प्रदुषणलाई न्युनिकरण गर्नुका साथै स्वच्छ र सुन्दर वातावरण बनाउने उदेश्यले जन्म दिनमा बृक्षारोपण अभियानको सुरुवात गरिएको अभियानका अध्यक्ष सेढाइले बताउनु भयो ।
उहाँका अनुसार २०७५ साल मंसिर २९ गते अभियानको स्थापना भएको हो । अहिले सम्म ५ हजार भन्दा धेरै व्यक्तिले आफनो जन्म दिनमा बृक्षारोपण गरेको उहाले बताउनु भयो ।
यस अभियानले आइतबार भोटेओडारका किरण कूँवरको अध्यक्षतामा शाखा बिस्तार गरेको हो ।
भोटेओडार साखाको उपाध्यक्षमा मधु भट्रराइ सचिवमा इन्द्र बहादुर गुरुङ, कोषध्यक्षमा शम्भुलाल श्रेष्ठ र सदस्यमा रामबाबु कार्की,पदमराज गुरुङ र बुद्धिसागर सुर्वाणकार चयन हुनुभएको छ ।
भोटेओडारका शाखाको सल्लाहकारहरुमा सुन्दरबजार नगरपालिका ८ का वडाअध्यक्ष विजेन्द्र थापा, वडा नं ९ का वडाअध्यक्ष मनराज गुरुंग, रामकृष्ण अधिकारी, भीमबहादुर गुरुंग ध्रुुवबहादुुर कुवँर, वीरसिंह घले, कृष्णकान्त अधिकारी, किर्तिीनाथ गुरु। नाराययणबहादुर कुुवँर, प्रमोक कुवँर, र गर्वलाल गुरुं माृतीप्रसाद गुरुं शेरसिंह कार्की, गंगा अधिकिारी गोविन्द कुवँर प्रितम अधिकाररी रहनुभएको छ ।


FLASH NEWS