लमजुङको एक घरमा आगलागी भएको छ । लमजुङको बेसीशहर नगरपालिका ११ चिती रामचोक कोलडाँडा स्थित ७० वर्षका आइते सार्कीको घरमा आगलागी भएको हो । मंगलबार बिहान साँढे ९ बजेको समयमा खाना पकाउने क्रममा अचानक आगलागी भई घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो । आगलागीबाट झण्डै १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको, मानवीय तथा पशु चौपायाको क्षति भने नभएको उहाँले बताउनुभयो । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको उहाँले बताउनुभयो ।