Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

सुन्दरबजारका स्वास्थ्यकर्मीहरुलाई कोसिसद्धारा दुई दिने गेट किपर तालिम संचालन

रेडियो भोटेओडार २५ श्रावण २०७९, बुधबार १८:३० मा प्रकाशित ( १ साल अघि) १३०२१ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिकाका स्वस्थ्यकर्मीहरु तथा आत्महत्या रोगथाम सहयोग समितिका सदस्यहरुलाई दुई दिने गेट किपर तालिम संचालन भएको छ ।
बुधवार स्वास्थ्य शाखा सुन्दरबजार नगरपालिको समन्वयमा कोशिस नेपालको आयोजकमा कार्यक्रम संचालन गरिएको हो ।

नगरपालिका भित्र भएका स्वास्थ्यकर्मीहरुको लागि मनोस्वास्थ्य बिषयमा जानकारी दिने उद्धेश्यले कोसिस नेपालले ठाँटीचौरमा आयोजना गरेको हो ।

समजमा भएका व्यक्ति र स्वस्थ्यकर्मीहरु दुबै पक्ष बिच अन्तरक्रिया वा सकारात्मक सम्बन्ध कायम भएमा आत्महत्या तथा मानसिक समस्यलाई कम गर्न सकिने कोसिस संस्थाका अभियान तथा पैरवी अधिकृत किरण खड्गीले बताउनुभयो ।
तालिममा सहभागी चालीस जना उपस्थितिलाई किरण खड्गीद्धारा मानसिक स्वास्थ्य समस्याका लक्षण, मानसिक समस्याका असर, र यसका रोगथाम संम्बन्धी स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउनुभएको थियो ।
यो संगै आत्महत्याको जोखिमा परेका व्यक्तिहरुले विभिन्न किसिमका प्रतिकृयाहरु देखाउने गर्दछन, रिसाउने, दैनिक क्रियकलापमा ध्यान नदिने, समाज बाट टाडा हुन खोज्ने, आत्माहत्याको बारेमा विचार गरीरहने, लागु पदार्थ सेवन गर्ने, आफूले आफूलाई नोक्सान पुराउने जस्ता संकेतहरु देखाउनेछन, ।
यस्ता लक्षणहरु देखाउने व्यक्तिहरु प्राय जसो स्वास्थ्याकर्मीहरु संग नजिक रहन सक्ने भएकाले उनीहरुलाई परामर्श दिनु आवश्यक रहेको किरण खड्गीले बताउनुभयो ।


FLASH NEWS