चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मीहरुलाई दिइएको मनोसामाजिक स्वास्थ्य समस्या रोकथाम सम्बन्धी दुई दिने गेट किपर तालिम बिहिबार समापन भएको छ ।
कोसिस संस्था सुन्दरबजारका अभियान तथा पैरवी अधिकृत किरण खड्कीको अध्यक्षतामा बसेको कार्यक्रममा बहुपक्ष आत्महत्या रोकथाम सहयोग समितिको संयोजक सूर्य बहादुर केसीको प्रमुख अतिथ्यता रहेको थियो ।
मानसिक स्वास्थ्य समस्या देखा परेका बिरामीहरुलाई परामर्श दिन तथा आत्महत्या रोकथाम कम गर्ने उद्ध्श्यले यो कार्यक्रम संचालन गरिएको कोसिस संस्थाका कर्मचारी इन्द्र प्रसाद सेँडाईले बताउनुभयो । दुई दिने तालिममा कोसिस संस्थाका अभियान तथा पैरवी अधिकृत किरण खड्गीले आत्महत्या रोकथाममा स्वास्थ्यकर्मीहरुको भुमिकाको बारेमा जानकारी दिनुभएको थियो ।
‘उहाँको भनाई अनुसार स्वास्थ्यकर्मीहरुले विरामीको मनो भावना बुझेर सेवा प्रवाह गर्नुपर्ने, विरामीको कुराहरु राम्रो संग सुन्ने, गोपनियता कायम गर्नुपर्ने, खुला प्रश्न सोधि समस्याको पहिचान गर्ने, विरामीको समस्या पहिचान गरी आवश्यक मनोसामिक परामर्श दिई जोखिम न्यूनिकरण गर्ने, प्रेरण दिने, विरामीलाई भेदभाव पूर्ण व्यवहार नगरी समान रुपमा सेवा दिने, साथै व्यक्तिको समस्या एवम अवस्था हेरी अस्पताल वा मनोविमर्शका लागी रिफर गर्नुपर्ने कुरामा ध्यान दिन आग्रह समेत गर्नुभएको छ ।
स्वास्थ्यकर्मीहरुले तालिममा सिकेका कुराहरुलाई राम्रो संग कार्यन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
तालिममा सहभागी चालीस जना उपस्थितिलाई किरण खड्गीद्धारा मानसिक स्वास्थ्य समस्याका लक्षण, मानसिक समस्याका असर, र यसका रोगथाम संम्बन्धी स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउनुभएको थियो ।
यो संगै आत्महत्याको जोखिमा परेका व्यक्तिहरुले विभिन्न किसिमका प्रतिकृयाहरु देखाउने गर्दछन, रिसाउने, दैनिक क्रियकलापमा ध्यान नदिने, समाज बाट टाडा हुन खोज्ने, आत्माहत्याको बारेमा विचार गरीरहने, लागु पदार्थ सेवन गर्ने, आफूले आफूलाई नोक्सान पुराउने जस्ता संकेतहरु देखाउनेछन, ।
यस्ता लक्षणहरु देखाउने व्यक्तिहरु प्राय जसो स्वास्थ्याकर्मीहरु संग नजिक रहन सक्ने भएकाले उनीहरुलाई परामर्श दिनु आवश्यक रहेको किरण खड्गीले बताउनुभयो ।