Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

वडा स्तरीय बाल क्लव गठन तथा अभिमुखीकरण कार्यक्रम संचालन

रेडियो भोटेओडार २९ श्रावण २०७९, आईतवार १९:२५ मा प्रकाशित ( १ साल अघि) १०२४९ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका ९, को वडा कार्यलयमा आइतबार वडा स्तरीय बाल क्लव गठन तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
बेशिसहर नगरपालिका , सुन्दरबजार नगरपालिका र दोर्दी गाँउपालिकाको आयोजनमा ग्रामिण सामुदायिक विकास केन्द्र, तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा वडा स्थरीय बाल क्लव गठन भएको हो ।
सुन्दरबजार नगरपालिका ९, का वडा अध्यक्ष मनराज गुरुङको अध्दक्षतामा १८ जना वडा स्थरीय बाल क्लव समिति गठन गरिएको भविश्य निर्माण माविका प्रधानध्यापक मायानाथ अधिकारीले बताउनुभयो ।
उहाँले नयाँ बाल क्लव समितिलाई वडा बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
समितिको अध्यक्षमा प्रसाङ् तमाङ, उपाध्यक्ष, कृतिका न्यौपाने सचिव आर्यन परियार, सह सचिव एलिजा गिरी, र कोषध्यक्ष मनिसा अधिकारी लगायत अठार जना नयाँ सदस्यहरु गठन गरिएको हो ।

बाल बालिकाहरुको चौतर्फी विकासमा सहयोग पुराउने उद्धेश्यले सो कार्यक्रम संचालन गरिएको आरसीडीसी लमजुङका समुदाय परिचालक असोक अधिकारीले बताउनुभयो ।


FLASH NEWS