Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र लमजुङका विभिन्न कार्यक्रम संयुक्त रुपमा सार्वजनिक

रेडियो भोटेओडार १ भाद्र २०७९, बुधबार ०८:३६ मा प्रकाशित ( १ साल अघि) १४१९७ पाठक संख्या

लमजुङको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु् सेवा विज्ञ केन्द्रले संयुक्त रुपमा आआफ्ना कार्यक्रमहरु सार्वजनिकीकरण गरेका छन् । बेसीशहर स्थित जिल्ला समन्य समितिको सभाहलमा सरोकावालाबीच एक कार्यक्रमको आयोजना गरी दुवै कार्यालये संयुक्त रुपमा सोमबार आर्थिक वर्ष २०७९-८० को संचालन हुने बजेटसहितका विभिन कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कृषि ज्ञान केन्द्रका गीता शाहले स्वागत गर्नुभएको कार्यक्रममा कृषि ज्ञान केन्द्रका विगतको उपलव्धी र यसवर्ष संचालन हुने विभिन्न कार्यक्रमबारे कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले प्रस्तुत गर्नुभएको हो । यसैगरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका गतवर्ष संचालित कार्यक्रमको उपलव्धी र यसवर्ष संचालन हुने विभिन्न कार्यक्रमको बारेको प्रतिवेदन विज्ञ केन्द्रका प्रमुख
डा. रुपेश श्रेष्ठले प्रस्तुत गर्नुभएको हो । विगतमाझैँ यसवर्ष पनि किसान लक्षित विभिन्न कार्यक्रम बनाईएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताउनुभयो । यसैगरी, गतवर्षका कार्यक्रम प्रभावकारी रुपमा संचालन भएका र यसवर्ष अघि सारेका कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको साथ सहयोग आवश्यक हुने विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र, लमजुङका प्रमुख खतिडाको अध्यक्षतामा भएको कार्यक्रममा जिसस प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख
आतिथ्यता रहेको थियो । कार्यक्रममा जिसस उपप्रमुख बुना रिमाल, लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी भुमीश्वर पोखरेलको विशेष आतिथ्यता रहेको थियो । उहाँहरुसहति अन्य सरोकारवालाहरुले कार्यक्रमम बोल्दै ज्ञान केन्द्र र विज्ञ केन्द्रले तयार गरेका कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।


FLASH NEWS