Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

लमजुङमा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका लागि कांग्रेसबाट १२ जना सिफारिस

रेडियो भोटेओडार १८ भाद्र २०७९, शनिबार ०८:२८ मा प्रकाशित ( १ साल अघि) २२६१८ पाठक संख्या

लमजुङमा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका लागि कांग्रेसबाट १२ जनाले आकांक्षा व्यक्त गरेका छन् । मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावका लागि प्रतिनिधिसभातर्फ लमजुङमा कांग्रेसबाट प्रत्यक्षतर्फ ७ जना र सामानुपातिकतर्फ ५ जनाले आकांक्षा व्यक्त गरेका हुन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ डा. टकराज गुरुङ , तुल्सीनारायण श्रेष्ठ, विष्णुप्रसाद धिताल, चन्द्रबहादुर कुवँर, याम बहादुर गुरुङ , डा.वासुदेव गिरी र तीर्थ थापाले आकांक्षा व्यक्त गर्नुभएको हो । प्रतिनिधिसभा समानुपातिकतर्फ भने कोपिला विक, गर्जबहादुर गुरुङ , कृष्णमाया विक, त्रिकाशी गुरुङ र शुभनाथ मिश्रले आंकाक्षा व्यक्त गर्नुभएको नेपाली कांग्रेस, लमजुङका प्रवक्ता गणेश गौलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि लमजुङमा कांग्रेसबाट ४१ जनाले आकांक्ष व्यक्त गरेका छन् । लमजुङ प्रदेश (क) को प्रत्यक्षतर्फ सुवास पौडेल, शंकरकान्त जोशी, रामकृष्ण कँडेल र डिकेन्द्रराज कँडेल गरी ४ जनाले आकांक्ष व्यक्त गर्नुभएको छ । लमजुङ प्रदेश क’ को समानुपातिकतर्फ टीकाराम पौडेल, खुशीमाया (अस्मिता) गुरुङ, भिउसेन दमै, खुशीमान गुरुब , बुधमान गुरुब , छुपीमाया गुरुब, धनकुमारी गुरु , प्रकाश चिलुवाल,
मुक्तिनाथ दवाडी, सुप्रिया जोशी, विष्णुमाया न्यौपाने धिताल, चिनबहादुर कामी थापा, गोविन्द्रप्रसाद धिताल र हुमराज दवाडी गरी १४ जना हुनुहुन्छ । यसैगरी, लमजुङ प्रदेश ख’को प्रत्यक्षतर्फ आनन्द घिमिरे, शिवराज रिमाल, नवराज न्यौपाने, भेषबहादुर पौडेल, डा लक्ष्मीकान्त पौडेल, गमप्रसाद गुरुङ र ललितकुमार गुरुङ गरी ६ जनाले आकांक्षा व्यक्त गर्नुभएको लमजुङ कांग्रेसले जनाएको छ । यस्तै, प्रदेश ।।।ख’ को समानुपातिकतर्फ टीकाकुमारी बस्याल, पार्वती तामाङ , सुस्मिता अधिकारी क्षेत्री, हरिप्रसाद गुरुङ, स्थीरबाबु खाती, शैलेन्द्र घिमिरे, गोपाल खाती, भीमबहादुर दुरा, ज्ञानु शाह, गणेशप्रसाद न्यौपाने, बद्रीमान श्रेष्ठ, रघुनाथ गुरुङ , सूर्यकला बराल कोइराला, सिर्जना गुरुङ , राधा श्रेष्ठ र गोपाल परियार रहनुभएको छ ।   जिल्ला कार्य समितिको बैठकले निर्णय गरी प्रतिनिधिसभातर्फका प्रत्यक्ष समानुपातिकका १२ जना र प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिकका ४१ जना आकांक्षीहरुको नाम प्रदेश कार्य समितिमा सिफारिस गरिएको पनि लमजुङ कांगे्रसका प्रवक्ता गणेश गौलीले जानकारी दिनुभयो ।


FLASH NEWS