Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 23, Apr, 2024

लमजुङमा एमालेबाट प्रतिनिधिसभामा घले ‘ख’ मा गुरुङ र ‘क’ मा दवाडी लगायतको नाम सिफारिस

रेडियो भोटेओडार १८ भाद्र २०७९, शनिबार २०:०८ मा प्रकाशित ( १ साल अघि) २१८६२ पाठक संख्या

नेकपा एमालेका उप–महासचिव पृथ्वीसुब्बाको नाम लमजुङ प्रदेश ‘ख’ बाट सिफारिस भएको छ
नेकपा एमाले लमजुङले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेदवार सिफारिस गर्ने क्रममा प्रदेश ‘ख’ प्रत्यक्षतर्फ गुरुङलाई सिफारिस गरेको छ । गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचनमा बिजयी भई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री बन्नुभएको थियो । यसपटक पनि उहाँको उमेदवारी पक्कापक्की भएको नेताहरु बताउँछन् । पुनः गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सक्ने कुरा नेता स्वयंले पनि विभिन्न कार्यक्रममा व्यक्त गर्दै आएका छन् ।
गुरुङसंगै प्रत्यक्षतर्फ नै जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस भएको छ । तर, बलियो उम्मेदवार उपमहासचिव नै मानिन्छ ।
यस्तै, प्रदेश ‘क’ प्रत्यक्षतर्फ हालका प्रदेश सभा सदस्य, पार्टीका गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, एमाले उपसचिव जितबहादुर गुरुङ र बेंसीशहर नगर कमिटी अध्यक्ष राजकुमार विष्टको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमाले केन्द्रीय सदस्य, लमजुङ सह–इन्चार्ज, मनाङ इन्चार्ज एवं संविधानसभा सदस्य जमीन्द्रमान घले र जिल्ला सचिव शुभाष पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिनिधसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य, लमजुङ सह–इन्चार्ज एवं संविधान सभा सदस्य टुकाभद्र हमाल, केन्द्रीय सदस्य कल्पना थापा र प्रेमबहादुर दुराको नाम सिफारिस गरिएको छ । प्रदेशसभातर्फ समानुपातिकमा प्रेमबहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, फूलबहादुर थापा, गणेश पाण्डे, बमबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल र अमृत तामाङ रहनु भएको छ । प्रदेशसभामा समानुपातिकमा महिला तर्फ लक्ष्मीदेवी अधिकारी, यशोदा रिमाल, शान्ता भूजेल, लोका अधिकारी र राममाया राना मगरको नाम सिफारिस भएको जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभएको छ । नेकपा एमाले लमजुङको शनिबार बेसीशहरमा बसेको ५ औं पूर्ण बैठकले २५ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको हो ।


FLASH NEWS