Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

लमजुङमा ‘टेवा’को प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन  

रेडियो भोटेओडार २० भाद्र २०७९, सोमबार १७:१६ मा प्रकाशित ( १ साल अघि) १११५२ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको फ्यचुर स्टार आवासीय माविको सभाहलमा आइतबार प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ गरिएको छ । ‘कोरोनापछिको सन्दर्भमा सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलन सुदृढिकरण’को प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ गरिएको हो ।

महिला आपसी सहयोग केन्द्र भारते लमजुङको समन्वयमा टेवा संस्थाको सार्वजनिक सुनुवाइ कार्यक्रमको संचालन गरिएको हो ।

महिला आपसी सहयोग केन्द्र, भारते लमजुङका अध्यक्ष बिमला भुजेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

महिला आपसी सहयोग केन्द्र, भारते लमजुङका सचिव राधिका लामिछानेले स्वागत गर्नुभएको कार्यक्रममा दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेको विशेष आतिथ्यता रहेको थियो ।

टेवाका अनुगमन अधिकृत सरस्वती श्रेष्ठले संस्थाका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै टेवाका संस्थापक रिता थापाको अगुवाइ, अवधारणामा अघि सारिएको कोरोनापछिको सन्दर्भमा सामुदायिक सुरक्षा जालो र महिलावादी आन्दोलनको सुदृढिकरण कार्यक्रम ‘युएन वुमेन’ को आर्थिक सहयोगमा सातै प्रदेशका विभिन्न २१ वटा जिल्लामा संचालनमा रहेका उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका लमजुङसहित गोरखा र बाग्लुङमा यस कार्यक्रम संचालनमा रहेको टेवाकी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला÷जिल्लामा महिलाका क्षेत्रमा क्रियाशिल संस्थासंगको समन्वयमा कार्यक्रम संचालन हुँदै आएको छ । यस संस्थाले समुदायमा महिलाहरुको जालो निर्माण, समुदायको तत्कालिन आवश्यकताको पहिचान र परिपूर्ति, महिलाका हकहितमा संगठित रुपमा आवाज उठाउने, महिलाहरुको क्षमता अभिवृद्धि गर्ने, विपद्÷महामारीमा व्यापक राहत वितरण लगायतका सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा उपस्थिती जनप्रतिनिधि, उद्योग वाणिज्य संघ, विभिन्न पालिकाका कृषि, स्वास्थ्य शाखाका प्रतिनिधि लगायतका सरोकारवालाहरुलाई लमजुङका सामुदायिक सुरक्षा जालोका सदस्यहरुले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

सदस्यहरुले घरेलु हिंसा, महिला हिंसा, भेदभाव लगायतका समस्या न्यूनीकरणमा स्थानीय सरकारको भूमिका के कस्तो छ ? अंशवण्डा, बहुविवाह, सम्वन्ध विच्छेदजस्ता मुद्धाको अवस्था कस्तो छ ? स्थानीय न्यायिक समितिको भूमिका के छ ?, बालविवाह अन्त्यका लागि स्थानीय सरकारले के कस्ता योजना बनाएको छ ?, प्राकृतिक विपद्मा परी प्रभावितहरुको उद्धार, पुनस्र्थापनाका साथै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीको अवस्था कस्तो छ ? लगायतका जिज्ञासा राखेका थिए ।

यसैगरी, सहभागीहरुले भौगोलिक रुपमा विकट क्षेत्रमा प्रसुती लगायतका अन्य स्वास्थ्य सेवा केकस्तो रुपमा प्रवाह गरिएको छ ?, युवालाई घरगाउँमै स्वरोजगार बनाउन पालिकाहरुको योजना के छ ? उपभोक्ता हितमा सम्वन्धित निकायहरुले केकस्तो काम गर्दै आएका छन् ? भन्ने लगायतका प्रश्न सम्वन्धित सरोकारवालाहरुलाई राखेका थिए ।

सहभागीको जिज्ञासालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुन्दरबजार नगरपालिका मेयर कोइरालाले सुन्दरबजार नगरपालिकाले समान रुपमा चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो ।

यस्तै, गाउँपालिकामा युवालाई घरगाउँमै स्वरोजगार बनाउन कृषि, पर्यटन क्षेत्रको विकास गर्दै अघि बढिने दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले बताउनुभयो ।

सहभागीहरुको जिज्ञासा सुन्दरबजार नगरपालिकाका मेयर कोइराला, दोर्दी गाउँपालिकाका उपाध्यक्ष घलेसंगै दोर्दी गाउँपालिका वडा नं १ का वडाअध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, मध्यनेपाल नगरपालिका १० का वडाअध्यक्ष रामचन्द्र भण्डारी, दोर्दी गाउँपालिकाका कार्यपालिका सदस्य अम्बिका मरहट्ठा, लमजुङ उद्योग वाणिज्य, संघ भोटेओडार इकाइका अध्यक्ष मानकृष्ण आचार्य, स्वास्थ्य शाखा, दोर्दी गाउँपालिकाका प्रतिनिधि हिरा भुजेल, कृषि शाखा, दोर्दी गाउँपालिकाका प्रतिनिधि नरहरि घिमिरे, फ्युचर स्टार आवासीय माविका संस्थापक निर्देशन बाबुराम पौडेल लगायतले सम्बोधन गर्नुभएको हो । कार्यक्रमको सहजीकरण रेडियो भोटेओडारका समाचार प्रमुख एवं नेपाल पत्रकार महासंघ, लमजुङ शाखाका सह–सचिव श्यामशितल परियारले गर्नुभएको हो ।


FLASH NEWS