आज:  | Fri, 29, Sep, 2023

लमजुङको भोटेओडारमा नेत्रहीन संघ लमजुङको ५ औं साधारणसभा सम्पन्न

रेडियो भोटेओडार ११ आश्विन २०७९, मंगलवार २०:१४ मा प्रकाशित ( १ साल अघि) ७०९९ पाठक संख्या

नेत्रहीन संघ लमजुङको ५ औँ साधारण सभा सम्पन्न भएको छ । ‘जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ मंगलबार भोटेओडारस्थित भक्ति नमूना माध्यमिक विद्यालयमा साधारणसभा सम्पन्न भएको हो ।
लमजुङका दृष्टिबिहीनहरुको छाता संस्था नेत्रहीन संघ लमजुङले आयोजना गरेको साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दे अपाङ्गता निर्देशन समिति गण्डकी प्रदेशका सदस्य एवं लमजुङका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेले प्रदेश सरकारमा आगामी बन्ने बजेटमा नेत्रहीन संघ लमजुङ पनि अट्ने गरी प्रस्ताव लैजाने बताउनुभयो ।
अपाङ्गाताको क्षेत्रलाई फराकिलो र मैत्रीपूर्ण ढंगबाट आगाडी बढाउन आवश्यक रहेको घिमिरेले बताउनुभयो । नेत्रहीन संघ लमजुङले जिल्लामा रहेका अपाङ्गहरुको हितका लागि उल्लेखनीय भूमिका खेलेको भन्दै उहाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नेत्रहीन संघ लमजुङकी अध्यक्ष चिजा गिरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
स्वागत संघका उपाध्यक्ष दानबहादुर गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा संचारकर्मी सीताराम बसेल, लक्ष्मी मावि श्रीमञ्जाङका विज्ञान शिक्षक कृष्णहरी घिमिरे लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेत्रहीन संघका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विष्णु पोखरेलले गर्नुभएको थियो ।


FLASH NEWS