Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

नेकपा माओवादी केन्द्रको महासचिव भएपछि देवप्रसाद गुरुङ पहिलो पटक लमजुङमा, भव्य स्वागत

रेडियो भोटेओडार १५ आश्विन २०७९, शनिबार ०८:२८ मा प्रकाशित ( १ साल अघि) १८६२८ पाठक संख्या

नेकपा माओवादी केन्द्र सुन्दरबजार नगरकमिटीले विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ । शुक्रबार लमजुङ कृषि क्याम्पसको सभाहलमा बृहत कार्यक्रमको बीच विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
नेकपा माओवादी सुन्दरबजार नगर कमिटी अध्यक्ष मुरारी भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्दका केन्द्रिय महासचिव देवप्रसाद गुरुङ रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सहकार्यकै मोडेलमा चुनावमा जाने पाँच दलिय गठबन्धनले निश्चत गरेको बताउनुभएको छ ।
महासचिव गुरुङले आउँदो मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावमा आपसमा सहकार्य गरी चुनावमा जाने आफ्नो पार्टीका साथै पाँच दलिय गठबन्धनले निश्चित गरिसकेको बताउनुभएको हो ।
प्रत्यक्षतर्फका उम्मेदवारको सन्दर्भमा अधिकांश सीटमा सहमति जुटिसकेको उहाँले बताउनुभयो । ‘शीर्ष नेताहरुले माइन्युट गरी सिग्नेचर गरिसकेको अवस्था त छैन,’ उहाँले भन्नुभयो, ‘तर कार्यदलको एक सदस्यको हैसियतले कार्यदलमा चलेको गृहकार्यका आधारमा एउटा मापदण्डका आधारमा प्रत्यक्षतर्फका ८० प्रतिशत भन्दा बेसी सीटमा सर्वसहमति देखिन्छ । खासै विमति देखिदैँन । केही १०÷१५ प्रतिशत सीटमा नेताहरुबीचमा गृहकार्य गर्नुपर्ने, छलफल गर्नुपर्ने गिभ एण्ड टेक गर्नुपर्ने खालका कुरा बाँकी छन् ।’
त्यसका लागि पाँच दलका नेताहरु आपसी सल्लाह गरी, अनुकल समयमा बैठक बसेर टिकट वितरण हुनु अगावै २÷३ अवधीभरमै टुंग्याउनुपर्ने कुरा भएको छ, उहाँले जानकारी गराउनुभएको छ ।
लमजुङको हकमा अबको चुनावमा प्रतिनिधिसभातर्फ आफुलाई अघि बढ्न प्रस्ताव भएको र दुवै प्रदेश सभामा कांग्रेसका उम्मेदरवालाई अघि बढाउने पाँच दलको कार्यदल स्तरमा सहमति भएको महासचिव गुरुङले उल्लेख गर्नुभयो ।
शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज पारसमणि पौडेलले ंसंविधानको रक्षा, संघियाताको रक्षाका साथै विभिन्न जात जातिभाषा धर्मको रक्षाको लागि र समग्र देशको विकासका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका अतिथि नेपाली काग्रेस पूर्व जिल्ला सभापति भेष बहादुर पौडेलले बोल्दै राष्ट्रियताको जगृना, देशको समृद्धी र प्राप्त उपलब्धीको रक्षा का लागि अहिलेको गठबन्धन अपरिहार्य रहेको बताउनु भयो । विजयको सुनिश्चिता रहेको भन्दै प्रतिनिधि सभामा पाटीका महासचिव देवपसाद गुरुङ जस्तो एउटा प्रतिभाशाली व्यक्तित्व लमजुङले पाउनुमा पाटीको मात्रै नभई सिंगो लमजुङे जनताको गौरवको कुरा भएको बताउँदै ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । जनता समाजबादी पाटी सुन्दरबजार नगरकमिटी अध्यक्ष बद्री मिश्रले लमजुङे जनताको लागि यो एउटा सुनौलो अवसर भएको भन्दै देव प्रसाद गुरुङको विकल्प नरहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र सुन्दरबजार नगर कमिटी उपाध्यक्ष सिर्जना बराल अधिकारीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन नगर सचिव धु्रव विकले गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन नगर सहसचिव ज्ञानेन्द्र शर्माले गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ, नेकपा माओवादी केन्द्रका केन्द्र केन्द्रिय सदस्य एवं अर्थ विभागका उपप्रमुख विमल अधिकारी, पाटीका केन्द्रिय सदस्य बुद्धिराम तमु, नेपाली कांग्रेसका गण्डकी प्रदेश कमिटी सदस्य हरि बराल, गण्डकी प्रदेश कमिटी सदस्य एवं लमजुङ जिल्ला संयोजक लाल बहादुर गुरुङ, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य चित्र बहादुर कार्की, गण्डकी प्रदेश कमिटी ससहसचिव मेख बहादुर भण्डारी, गण्डकी प्रदेश कमिटी सदस्य एवं जिल्ला सचिव रामचन्द्र पौडेल, गण्डकी प्रदेश कमिटी सदस्य एवं वाइसियल नेपालका केन्द्रिय सचिव सुनिल सुनार, गण्डकी प्रदेश कमिटी सदस्य एवं जिल्ला पाटी कार्यलय सचिव हरिजंग तामाङ लगायत जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा विभिन्न पाटी परित्याग गरी करिब ५० जना भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पाटीका महासचिव देव प्रसाद गुरुङले टिका र खादाले स्वागत गर्नुभएको थियो ।
पाटीका महासचिव भए पछि पहिलो पटक लमजुङ आउनुभएका देवप्रसाद गुरुङलाई लमजुङ प्रवेशद्धार पाउँदीमा स्वागत गरिएको थियो । साथै केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले पाउँदी देखि भोटेओडार बगैचा हुदै सुन्दरबजारसम्म ¥याली समेत आयोजना गरेको थियो । सोही अवसरमा आमा समुहहरु, गुरुङ समाजका सदस्यहरुलगायतले टिका र खादाले स्वागत गर्नुभएको थियो ।

 

 


FLASH NEWS