Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 25, Apr, 2024

लमजुङमा उर्जा क्षेत्रको उच्च सम्भावना रहेको नेता देव गुरुङको भनाइ ः उर्जा शक्तिको उपयोगबाट उत्पादनको क्षेत्रमा गुणात्मक वृद्धि गर्न सकिने

रेडियो भोटेओडार २९ आश्विन २०७९, शनिबार १८:४२ मा प्रकाशित ( १ साल अघि) १४४४९ पाठक संख्या

चाँदनी अधिकारी
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङमा उर्जा क्षेत्रको उच्च सम्भावना रहेको बताउनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–९ पैह्रेमा सिर्जनशील तमु समाजको भवनमा योङ कम्युनिष्ट लिग (वाइसिएल) जिल्ला समन्वय समितिको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
ऊर्जा क्षेत्र उत्पादनको कच्चा सामग्री रहेको बताउँदै उहाँले ऊर्जा शक्तिलाई कृषि, पर्यटन, व्यवसाय, उद्योगसंग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
यसो भएमा उर्जा शक्तिको उपयोगले उत्पादनको क्षेत्रमा गुणात्मक वृद्धिमा सघाउने उहाँको भनाइ छ ।
गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहनुभएका गुरुङले लमजुङ कृषिजन्य उत्पादनको उच्च सम्भावना रहेको जिल्ला रहेको बताउँदै यसको विकास, विस्तार र बजारीकरण र व्यवस्थापनमा संयुक्त गठबन्धनको सरकार लागिपर्ने उहाँले जिकिर गर्नुभयो ।

यसैगरी, नेता गुरुङले युवाशक्तिलाई आर्थिक उत्पादनका क्षेत्रसंगै खेल क्षेत्रमा पनि जोडेर लैजानुपर्ने यसो हुन सकेमा लमजुङमा युवाको विकास समृद्धि गर्न सकिने बताउनुभयो । यो अभियानमा आफुहरु जुटेको उहाँले बताउनुभयो ।

कार्यक्रम वाइसिएल लमजुङका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको हो ।

 


FLASH NEWS