चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका–९ पैह्रेमा सिर्जनशील तमु समाजको भवमा योङ कम्युनिष्ट लिग (वाइसिएल) जिल्ला समन्वय समितिको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।
वाइसिएल लमजुङको आयोजनामा कार्यक्रम भएको हो । वाइसिएल लमजुङका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रम नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले युवाशक्ति उत्पादनमुलक क्षेत्रमा जुट्नुपर्नेमा जोड दिनुभएको छ । युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सरकारले भूमिका खेल्नुपर्ने र उनीहरुलाई स्वदेशमै स्वरोजगार बनाउने वातावरण सरकारले बनाउनुपर्ने र यसमा गठबन्धनको सरकार लागिपर्ने उहाँले बताउनुभयो ।
वाइसिएलका केन्द्रीय सदस्य प्रविण अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धिरम तमु, केन्द्रीय सदस्य एवं अर्थ विभाग उपप्रमुख विमल अधिकारी, जिल्ला इन्चार्ज पारसमणि पौडेल, जिल्ला संयोजक लालबहादुर गुरुङ, नेपाली कांग्रेसका उपसभापति आनन्द घिमिरे, वाइसिएलका केन्द्रीय सदस्य सुनिल सुनार अटल, वाइसिएलका जिल्ला इन्चार्ज हरिबहादुदर अधिकारी लगायतले बोल्नुभएको हो । साथै एमाले लगायत विभिन्न पार्टी परित्याग गरी २०० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । कार्यक्रमको संचालन वाइसिएल लमजुङका सदस्य आशिष तामाङले गर्नुभएको हो ।