आज:  | Fri, 29, Sep, 2023

लमजुङको भोर्लेटारमा लोकतान्त्रिक वाम गठबन्धनको कार्यकर्ता भेटघाट कार्यक्रम संचालन

रेडियो भोटेओडार ११ कार्तिक २०७९, शुक्रबार १७:१८ मा प्रकाशित ( ११ महिना अघि) १४०५० पाठक संख्या

चाँदनी अधिकारी

लोकतान्त्रिक वाम गठबन्धनले लमजुङको मध्यनेपाल नगरपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम संचालन भएको छ ।

मध्यनेपाल नगरपालिका वडा नं २ र वडा नं ३ मा पाँच दलीय गठबन्धन उम्मेदवार परिचय, शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रम संचालन भएको हो ।

नेपाली कांग्रेस मध्यनेपाल नगरपालिका वडा नं २ का सभापति ऋषिराम पुरीको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव एवं गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार देवप्रसाद गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

समग्र जिल्लाको विकास र समृद्धिका लागि सदैव आफुहरु अघि बढ्ने उहाँले बताउनुभएको छ । लमजुङ विकासको उच्च सम्भावना बोकेको जिल्ला रहेकाले यहाँको सडक, सिंचाइको विकास र विस्ताका साथै कृषि, पर्यटन, ऊर्जा क्षेत्रको विकास गरी जिल्लालाई समृद्ध बनाउन गठबन्धन दल लागिपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा गठबन्धनबाट प्रदेश सभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका भेषबहादुर पौडेल लगायत नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं राज्य व्यवस्था समितिका पूर्व सभापति दिलबहादुर घर्ती, संविधान सभा सदस्य चन्द्रबहादुर कुवँर, नेपाली कांग्रेसका पूर्व जिल्ला पार्टी सभापति तुल्सीनारायाण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अर्थ विभाग उपसंयोजक विमल अधिकारी, नेकपा माओवादी केन्द्र, गण्डकी प्रदेशका सदस्य सुनिल सुनार अटल, नेपाली कांग्रेसका उपसभापति आनन्द घिमिरे, गठबन्धन कार्यदल लमजुङका संयोजक एवं नेपाली कांग्रेसका उपसभापति आनन्दराज घिमिरे, नेपाल समाजवादी पार्टी, लमजुङका सभापति बद्री विलास मिश्र, नेकपा माओवादी केन्द्र, मध्यनेपालका अध्यक्ष उपेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 


FLASH NEWS