Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

गोरखा, लमजुङ र तनहुँका लागि अहिले ठूलो अवसर आएकाले यो अवसर गुम्न नदिन सबैमा प्रचण्डको आग्रह : गठबन्धनको जीत सुनिश्चित रहेको दाबी

रेडियो भोटेओडार २८ कार्तिक २०७९, सोमबार २०:२० मा प्रकाशित ( १ साल अघि) ११५५१ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गोरखा, लमजुङ र तनहुँका लागि ठूलो अवसर आएको बताउनुभएको छ । यस अवसरलाई यहाँ जनताले कुनै पनि हालतमा गुम्न दिन नहुनेमा उहाँले जोड दिनुभएको छ ।
लमजुङको राइनास नगरपालिका–४, अल्काटार सातबिसेमा लोकतान्त्रिक वाम गठबन्धन लमजुङद्धारा आयोजित चुनावी कोणसभालाई आज सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।
लमजुङको छिमेकी जिल्ला (गोरखा) क्षेत्र नं २ बाट आफु, लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा खडा रहेको बताउँदै यी तिनै वटै नेतृत्वलाई एक ठाउँमा केन्द्रीत गरेर यस क्षेत्रको विकास नयाँ उचाइमा लैजान सकिने सम्भावना रहेकाले यसलाई गम्भिर रुपमा ध्यान दिन सबैमा उहाँले आग्रह गर्नुभएको छ ।
प्रचण्डले आफुहरु आ–आफ्नो पार्टीमा नेतृत्वमै रहेको र भोली सरकारको नेतृत्व पनि यहीँ वरिपरीबाट हुनसक्ने सम्भावना रहेकाले मतदान गरी जताउन आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा उहाँले जबसम्म देशमा संविधान, लोकतन्त्र, शान्ति र जनताले पाएको अधिकारमाथि खतरा र चुनौती रहन्छ तबसम्म गठबन्धन कायम रहिरहने उहाँले बताउनुभयो ।
सफतालपूवर्क स्थानीय तहको चुनाव सम्पन्न गरी गठबन्धनको पक्षमा दुई तिहाइ मत छ भन्ने सावित गरिएको बताउँदै उहाँले यसपालीको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गर्नुभयो ।चुनावी कोणसभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका महासचिव एवं लमजुङका प्रतिनिधि सभाका उम्मेदवार देवप्रसाद गुरुङ, प्रदेश सभा क का उम्मेदवार नेपाली कांग्रेसका डा. टकराज गुरुङ, प्रदेश सभा ख का उम्मेदवार नेपाली कांग्रेसका भेषबहादुर पौडेल लगायतका लोकतान्त्रिक वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।


FLASH NEWS