Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 23, Apr, 2024

लमजुङ : संघ र प्रदेश सभा ‘ख’मा एमाले र प्रदेश सभा ‘क’ मा कांग्रेसको अग्रता

रेडियो भोटेओडार ६ मंसिर २०७९, मंगलवार ०८:२१ मा प्रकाशित ( १ साल अघि) १०९०० पाठक संख्या

लमजुङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १७ हजार ९ सय २८ मत गणना भइसकेको छ । दूधपोखरी गाउँपालिका, क्वलहोसोँथर गाउँपालिकाको सबै मत गणना भइसकेको छ । दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाका केही मतदान केन्द्रमा खसेका मतसहित हालसम्म जिल्लामा १७ हजार ९ सय २८ मत गणना हुँदा प्रतिनिधि सभाका उम्मेदवार नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ९ हजार १ सय ९ मतसहित अग्रता लिनुभएको छ । यसैगरी, लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङले ७ हजार २ सय मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, प्रदेश सभा ‘क’ तर्फ ८ हजार ३ सय ८३ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा. टकराज गुरुङले ४ हजार ६ सय ४५ मतसहित अग्रता दिलनुभएको छ ।
यसैगरी, नेकपा एमालेका जमिन्द्रमान घलेले ३ हजार २ सय ७३ मत ल्याउनुभएको छ ।
प्रदेश सभा ‘ख’ तर्फ १२ हजार ६६ गणना हुँदा नेकपा एमालेका कृष्णप्रसाद अधिकारी ६ हजार ३ सय २२ मतसहित अग्रता लिनुभएको छ । नेपाली कांग्रेसका भेषबहादुर पौडेलले ४ हजार २ सय ५४ मत ल्याउनुभएको छ ।
जिल्लामा सोमबार दिउँसो साँढे २ बजेबाट मतगणना कार्य संचालन भइरहेको छ । आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा लमजुङमा ६०.५७ प्रतिशत अर्थात् ८० हजार ९ सय ८ मत खसेको हो । जिल्लामा कुल मतदाता संख्या भने १ लाख ३३ हजार ५ सय ५९ रहेको थियो । जिल्लामा १ सय २८ मतदान स्थल र १ सय ८८ मतदान केन्द्र रहेका थिए ।


FLASH NEWS