Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

भक्ति नमूना माविका विशेष शिक्षा श्रोत कक्षाका बालबालिकालाई न्यानो स्वीटर प्रदान : पठनपाठनमा सघाउ पुग्ने

रेडियो भोटेओडार १० मंसिर २०७९, शनिबार २०:२३ मा प्रकाशित ( १ साल अघि) ६१३३ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको विशेष शिक्षा श्रोत कक्षाका बालबालिकालाई न्यानो स्वीटर वितरण गरिएको छ । जिल्ला बाल सञ्जाल लमजुङको आयोजना एवं सामाजिक विकास कार्यालय, लमजुङको सहयोगमा कक्षामा अध्ययनरत बालबालिकालाई न्यानो स्वीटर वितरण गरिएको हो । विशेष शिक्षा श्रोत कक्षामा अध्ययनरत २२ जना बालबालिकालाइ न्यानो स्वीटर वितरण गरिएको सामाजिक विकास कार्यालय, लमजुङका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो ।
चिसोका समयमा उनीहरुलाई पठनपाठनमा सघाउ पुर्याउने उद्धेश्यले बालबालिकालाई न्यानो स्वीटर प्रदान गरिएको उहाँले बताउनुभयो ।
प्रदेशस्तरीय बाल परिषद्का उपायक्ष एवं जिल्ला बाल सञ्जाल लमजुंका सदस्य विपना तामाङको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख कोइरालाले विभिन्न सुस्त श्रवण तथा बहिरा बालबालिका पहिचान गरी विशेष श्रोत कक्षामा बालबालिकाका संख्या बढाउन आग्रह गर्नुभयो । उनीहरुको हकहितमा नगरपालिकाले सघाउने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला बाल अधिकार समितिका अधयक्ष सु्स्मिता अधिकारी, विद्यालयका प्रअ यज्ञराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।


FLASH NEWS