Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

लमजुङको अकलामा नयाँ ट्रान्सफर्म जडान : विद्युत सेवा प्रवाहमा सहज

रेडियो भोटेओडार ७ पुष २०७९, बिहीबार ०६:०९ मा प्रकाशित ( १ साल अघि) १३७७७ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–८ अकलामा नयाँ ट्रान्सफर्मर राखिएको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले अकलामा ५० केभीए क्षमताको नयाँ ट्रान्सफर्मर राखेको हो ।
यस क्षेत्रमा भोल्टजेको समस्या हुँदै आएकाले विद्युतीय उपकरण चलाउन असहज भएको र नयाँ ट्रान्सफर्मर जडानका लागि स्थानीयको माग भइआएकाले सहज रुपमा विद्युत सेवा प्रवाहका लागि नयाँ ट्रान्सफर्मर राखिएको शाखाका प्रमुख मेघनाथ भट्टराइले जानकारी दिनुभयो । सुन्दरबजार नगरपालिका ८ का वडासदस्य शेरसिंह कार्की, नारायणबहादुर कुवँर, सीताराम खड्का लगायत स्थानीयको माग र पहलमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ ।
यसबाट सुन्दरबजार नगरपालिका ८ नौबिसेदेखी रामादी कोइरालेसम्मका उपभोक्तलाई लाभ हुने छ ।
अहिले नयाँ ट्रान्सफर्मर जडानसंगै विद्युत सेवा प्रवाह गरिएकाले स्थानीयलाई विद्युतीय उपकरण संचलनका लागि सघाउ पुगेको छ ।


FLASH NEWS