Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 18, Apr, 2024

भू.पू. शिक्षक तथा विद्यार्थी र शुभचिन्तहरुको सहयोगमा विद्यालयमा स्वर्ण स्तम्भ निर्माण

रेडियो भोटेओडार २२ पुष २०७९, शुक्रबार ०७:२९ मा प्रकाशित ( १ साल अघि) १५५४१ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिका २ अर्चलबोटमा रहेको लक्ष्मी नारायण मावि अर्चलबोटले यहि माघ ५ स्वर्ण जयन्ती मनाउने भएको छ । ५० वर्ष पूरा भएको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाउने भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पौडेलले स्वर्णजयन्तीका अवसरमा विद्यालय क्षेत्र सरसफाइ, स्वर्ण स्तम्भ, स्वर्णद्धार निर्माणका काम भइरहेको बताउनुभयो । स्वर्ण जयन्तीका अवसरमा पुस २६ गतेबाट हाजिर जवाफ, आन्तरिक खेलकुद लगायतका कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद अधिकारीले बताउनभयो ।

२०२९ सालमा स्थापना भएको सो विद्यालयको स्वर्ण जयन्ती सम्पन्न गर्न लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विद्यालयका प्रअ अधिकारीका अनुसार अहिले विद्यालयको मूल गेटको स्वर्ण द्धार, स्वर्ण स्तम्भ निर्माण गर्ने काम भइरहेको छ । जसका लागि हाल अमेरिकामा रहनुभएको विद्यालयका भू.पू. शिक्षक तथा विद्यार्थी र सुभचिन्तकहरुले सहयोग गर्नुभएको छ । विद्यालयका अनुसार हालसम्म सहयोगीदाताहरुबाट ८ लाख १८ हजार ६ सय २१ रुपैयाँ सहयोग रकम संकलन भइसकेको छ ।

जसमध्ये विद्यालयका भू.पू. शिक्षक मनोज रेग्मीले ३२ हजार ९ सय ३ रुपैयाँ, भू.पू. विद्यार्थी शशी थापा एवं भूपू शिक्षक अप्सरा थापाले ३३ हजार ५ सय ६१ रुपैयाँ सहयोग गर्नुभएको छ । अन्य भू.पू. विद्यार्थी एवं सुभचिन्तक अर्जुन सुयलले ३२ हजार ९सय ३, गणेश बहादुर अधिकारीले ३९ हजार ४ सय ८३, शिब ढकालले १९ हजार ८ सय ७३, प्रकाश मरहठ्ठाले २६ हजार ९ सय ८०, बिदुर बि.कले ३९ हजार ४ सय ८३, रितेश कुँवरले २६ हजार ४ सय ५४, राजेन्द्र लामीछानेले २७ हजार १ सय १२, बिनोद ÷ सुनीता कुँवरले २६ हजार ९ सय ८०, चन्द्र कुमारी (बिजुली) गुरुङले ३३ हजार ३४, लक्ष्मण रिमालले ३९ हजार ४ सय ८३, सागर कुँवरले ३९ हजार ४ सय ८३, रमेश कुँवरले ६ हजार ७ सय १२, राजन कुँवर खड्काले १३ हजार २ सय ९३, सुदीप मरहठ्ठाले १७ हजार २ सय ४१, कल्पना कुँवरले १३ हजार ८ सय २०, विप्लव पौडेलले ६ हजार ७ सय १२, रोशन खड्का कुँवरले १९ हजार ८ सय ७३, उपेन्द्र कुवँरले १९ हजार ८ सय ७३, गौतम लामिछानेले १३ हजार २ सय ९३, सन्तोष भुजेलले १९ हजार ८ सय ७३, राज कुमार कुँवरले ३९ हजार ४ सय ८३, प्रकाश ÷ प्रतिमा अधिकारीले १३ हजार २ सय ९३, ऋषि अधिकारीले १३ हजार २ सय ९३, नरेन्द्र लामिछानेले २६ हजार ९ सय ८०, गणेश कुँवरले ३९ हजार ४ सय ८३, अनिल कुँवरले ६ हजार ७ सय १२, विकास कुँवरले १३ हजार ८ सय २०, शम्भु कुँवरले १३ हजार ८ सय २०, विजय रेग्मीले १३ हजार २ सय ९३, अंगद कुँवरले १९ हजार ७ सय ४२, राज कुमार खड्काले ४३ हजार ८ सय २६ र धिरज कुँवरले २६ हजार ४ सय ५४ रुपैयाँ सहयोग गर्नुभएको छ ।

साथै विद्यालयका मूल संस्थापकहरु मध्यका एक मेजर मोहन बहादुर कुँवरको अर्धकदकको सालिक समेत निर्माण भइरहेको छ । सो सालिक उहाँकै परिवारको निजी खर्चमा निर्माण भइरहेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पढाइहुने विद्यालयमा हाल १ सय ६८ विद्यार्थी अध्ययनरत छन् ।

सुविधासम्पन्न कम्प्युटर ल्याव, प्रविधिमैत्री शिक्षण मार्फत् पठनपाठन हुँदै आएको विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । २०७३ को एस.ई.ई. परीक्षमा २.९७ जीपीएका साथ जिल्ला प्रथम भएको थियो भने त्यसयताका परिक्षामा पनि गाउँपालिका प्रथम भएको छ । त्यस्तै २०७८ को कक्षा ८ को स्थानीय तह परीक्षामा पनि प्रथम भएको छ । यसैगरी २०७१ सालको एस्.एल सी परीक्षामा छात्रा छात्र दुवै तर्फ जिल्ला प्रथम हुन सफल भएको विद्यालयलयका प्रअ अधिकारीले बताउनुभयो ।

 


FLASH NEWS