Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 20, Apr, 2024

लमजुङको परेवाडाँडामा निःशुल्क स्वास्थ्य शिविर संचालन : ५ सय ७६ जना लाभान्वित

रेडियो भोटेओडार ८ चैत्र २०७९, बुधबार ०६:५५ मा प्रकाशित ( १ साल अघि) ५३७७ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सुन्दरबजार नगरपालिका वडा नं २ को आयोजना र एचडिसिएस नमूना सामुदायिक अस्पतालको सहयोगमा परेवाडाँडा स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।

स्वास्थ्य शिविरबाट ५ सय ७६ जना लाभान्वित भएका छन् । शिविरमा एक सय ९२ जनाको सामान्य स्वास्थ्य जाँच, ८४ जनाको भिडियो एक्स रे, ३५ जनाको ल्याव परिक्षण, ९० जनाको दन्त परिक्षण र १५ जनालाई मनो विमर्श प्रदान गरिएको एचडिसिएस नमूना सामुदायिक अस्पताका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा स्त्रीरोगसम्वन्धी एक सय ६० जना महिलाले सेवा लिएका छन् ।

यसैगरी, शिविरमा पाठेघर खसेको, ग्याष्ट्रिक, पत्थरी, सुगर प्रेसर, थाइराइड हाडजोर्नीसम्वन्धी स्वास्थ्य सेवा समेत प्रदान गरिएको छ ।

शिविरमा अस्पतालका प्रमुख श्रेष्ठको नेतृत्वमा स्त्री रोग विशेषज्ञ डा. विजय शाह, मेडिकल प्रमुख डा. शौरभ श्रेष्ठ लगायत १० जना स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

दूरदराजमा रहेका नागरिसम्म सरल, सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने हेतुका साथै शिविरको आयोजना गरिएको सुन्दरबजार नगरपालिका २ का वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न संघसंस्थाको समन्वयमा अस्पतालले विभिन्न समसयमा विभिन्न ठाउँमा यस्ता स्वास्थ्थय शिविरहरु संचालन गर्ने अस्पतालले जनाएको छ ।


FLASH NEWS