सुबास् मजाकोटि- लमजुङको राइनस नगरपालीका वाड नं. ८ भैसीखोला निवासी हुन अनुप श्रेष्ठ । मलेसिया,कतार,भारत गरी करिव ८ वर्ष आफ्नो श्रम र पसिना विदेशी भुमीमा खर्चेर महिनामा ४० हजार बचाउन मुस्किल थियो उनलाई, तर अहिले उनी सजिलै महिनाको लाख कमाइरहेका छन्।’
हाल उनले अनुप पोल्टी र्फम सञ्चालन गर्दै आएका छन् । कुखुरा पालनमा रमाइरहेका श्रेष्ठ कुखुराहरुबाट रामै्र कमाइ भइरहेको बताउनुहुन्छ । उनी, ‘भन्छन् सबै साथीहरु विदेश गएका देख्दा आफु पनि गइयो, जति दुख गरे पनि महिनाको ३० देखि ४० हजार कमाउन सक्थे, अहिले घर परिवारमै रमाएर महिनाको लाख कमाइरहेको छु ।‘’
विदेश जाने, चिटिक्क परेको घर बनाउने र श्रीमती बाआमा छोराछोरीहरुलाई राम्रो शिक्षा दिने र खुुसी सुखी जिवन बिताउने सपना बुनेर विदेश गएको उनी बताउछन् । उनले भने, तर घर बनाउने, बाआमा छोराछोरीहरुलाई राम्रो शिक्षा दिने र सुखि खुसी जिवन बिताउन यहीँ कमाइ बाट हुन लेखेको रहेछ ।
विदेशबाट नेपाल फर्किएर स्काभेटर चलाउन थालेको र कमाइ राम्रो नभएपछी कुखुरापालन व्यावसयमा लागेको उनी बताउछन् । उनले ३५ लाख लगानी गरेर व्यावसाय सुरु गरेका हुन् ।
२०७२ सालबाट व्यवसय सुरु गर्नुभएर्को उहाँको खोरमा हाल तिन हजार ठुला र तिन हजार साना गरि एच.एन.एन र लोमेन जातका कुखुराहरु रहेका छन । आफ्नै घर गाँउमा बसेर ‘उहाँले वार्षिक १५ लाख रुपैया आम्दनी लिनुहुन्छ ।’ हालसम्म राइनस नगरपालीका पशु सेवा कार्यलयले एक लाख अनुदान दिएको उनि बताउछन् ।
स्थानीय सरकारले कृषी क्षेत्रमा लागेका र लाग्न चाहनेहरुका लागी पर्याप्त अनुदानको व्यावस्था गरेमा कृषकहरुलाई राहत पुग्ने र वास्तवीक किसानको पहिचान गरि अनुदान दिन पनी उहाँले आग्रह गर्नुभयो ।
उत्पादीत कुखुराका अण्डा छिमेकी जिल्ला गोरखा, तनँहु र लमजुङको बोरङखोला,भोटेवडार,हर्रबोट लगायतका क्षेत्रहरुमा बजार व्यस्थापन गर्दै आउनुभएको छ । तर उपभोक्ताको माग अनुसार बजारमा प्रर्याप्त मात्रमा उत्पादीत अण्डा पुराउन नसकेको उहाँ बताउनुहुन्छ ।
विस्तारै यस व्यवसयलाई थप व्यवस्थीत बनाउदै लैजाने योजना रहेको पनि उहाँले बताउनुभयो ।