सुबास मजाकोटी -लमजुङ्गको राइनस नगरपालीका वाड नं ८ मा रहेको राइनास बहु प्राविधिक शिक्षालयमा बुधवारबाट सप्ताह व्यापी खेलकुद सञ्चालन भएको छ ।
खेलकुदमा शिक्षालय भित्रकै विभिन्न तहमा अध्यानरत विद्यार्थीहरुको सहभागीता रहने खेल संयोजक शिक्षक निरञ्जन पौडेल बताउनुभयो ।
बुधवार देखी सुरु भएको खेलमा डिप्लोमा इन फरेस्ट्री पहीलो वर्ष , दोस्रो वर्ष , र कृषि वाली विज्ञान विषयमा अध्यानरत विद्यार्थीहरुको सहभागी रहेका छन् ।
ब्याडमेन्टन ,भलिबल , चेस ,फुटबलका साथै एक सय र दुई सय मिटर दौड लगाएतका खेल सप्ताह व्यापी रुपमा सञ्चालन गरिने राइनास बहु प्राविधिक शिक्षलयका को–अरडिनेटर सरोज घिमिरेले जानकारी दिनुभयो ।
शिक्षालयमै तिन वर्षे वन विज्ञान विषयमा अध्यनरत विध्यार्थी मुगुका जीवन रावलले प्राविधिक शिक्षा साथै शिक्षलयमा विभिन्न समयमा हुने अतिरिक्त्त क्रियाकलापको पढाइमा थप सहज हुने बताउनुभयो ।
बिद्यार्थीहरुलाई अध्यनसँगै खेलकुदको क्षेत्रमा आकर्षण गर्नका लागी र खेलकुदमा रुची राख्नेहरुका लागी मध्यनजर गर्दै सप्ताह व्यापी खेलकुदको आयोजना गरिएको शिक्षालयका प्रमुख बुद्घी श्रेष्ठले बताउनुभयो ।
साथै उँहाले राइनस बहु प्राविधिक शिक्षलयमा तिन वर्षे बन विज्ञान र तिन वर्षे कृषी तथा वाली विज्ञान विषयको अध्यापन हुँदै आएको र विभिन्न तह गरी विद्यार्थीहरुको सङ्ख्या १७० रहेको र राइनास बहु प्राविधिक शिक्षलयमा बैतडी ,अछाम ,हुम्ला ,जुम्ला ,मुगु ,कालीकोट ,गोरखा र तँनहुबाट अध्यनका लागी आउने गरेका उँहाले बताउनुभयो ।