Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 19, Apr, 2024

लमजुङको राइनास नगरपालिकामा कोरोना विरुद्दको फाइजर खोप आभयान सञ्चालन

रेडियो भोटेओडार ४ बैशाख २०८०, सोमबार १९:०६ मा प्रकाशित ( १ साल अघि) ७९३९ पाठक संख्या

सुबास मजाकोटी- लमजुङको राइनास नगरपालिकामा कोरना भाइरस विरुद्दको बुस्टर खोप अभियान सञ्चालन गरिएको छ । आइतबार र सोमबार गरी दुइ दिन सम्मन नगरपालिका भित्र रहेका १० ओटै वडामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा राइनास नगरपालिकाका प्रमुख लक्ष्मी प्रसाद सेढाईले जानकारी दिनुभयो ।
जेष्ठ नागरीक,अग्रपङ्तीमा खटिने स्वास्थ्यकर्मी ,महिला स्वयंमसेवीकाहरु ,जनप्रतिनिधि ,प्रहरी ,शिक्षक ,साथै अपाङ्ग भएका व्यक्ती र सुत्केरी महिलाहरुलाई विशेष प्राथमिकता दिएर खोप लगाइएको उहाँले बताउनु भयो । आइतबार र सोमबार खोप लगाउन छुटेकाहरुलाई मङ्गलबार खोप दिइने उहाँले बताउनुभयो ।
पछिल्लो समय नेपालमा कोरना भाइरसबाट सङ्क्रमीत हुनेको सङ्ख्या बढ्दो रहेको भन्दै उहाँले नगरवासीलाई पुर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।
त्यस्तै राइनस नगरपालीका को वाड नं ८ मा रहेको तार्कुघाट स्वास्थ्य चौकीमा पनी कोरना भाइरस विरुद्दको खोप लगाउनेको सङ्ख्या उल्लेखनिय रहेको तार्कुघाट स्वास्थ्य चोकीका सि.अ.हे.व शुर्दशन रानाभाटले बताउनु भयो ।
हालसम्म स्वास्थ्य चौकीबाट पहिलो मात्रको बुस्टर डोज लगाउनेको सङ्ख्या १२ पुरुष , ११ जना महिला गरी जम्मा २३ र दोस्रो मात्रको बुस्टर डोज लगाउनेको सङ्ख्या ८५ पुरुष ,८८ महिला गरि जम्मा १९६ जनाले खोप लगाएका उहाँले बताउनुभयो ।
मौसम मा आएको परिवर्तन सँगै तार्कुघाट स्वास्थ्य चौकीमा रुघाखोकी र ज्वराका बिरामी समेत दैनिक रुपमा बढ्दो रहेको उहाँले बताउनुभयो ।


FLASH NEWS