Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

लमजुङको राइनस नगरपालीकामा वाड नं ८ मा स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम संञ्चालन हुदै, बच्चाहरुलाई स्वस्थ राख्न कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने भनाइ

रेडियो भोटेओडार १८ बैशाख २०८०, सोमबार १६:०१ मा प्रकाशित ( ११ महिना अघि) ३०४६ पाठक संख्या

सुबास मजाकोटी  लमजुङको राइनास नगरपालिका स्वास्थ्य शाखाले स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिका भित्र रहेका ६ महिना देखी २३ महिना भित्रका बच्चाहरुको स्वास्थ्य परिक्षण गरि स्वस्थ भएको या नभएको भनि पत्ता लगाउनका लागी यो कार्यक्रम सञ्चालनमा ल्याइएको तार्कुघाट स्वास्थ्य चौकीका प्रमुख डा.दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।
राइनस नगरपालीकाको अन्य वडाहरुमा यो कार्यक्रम सञ्चालन भैसकेको र मङ्गलबार राइनास नगरपालिका वाड नं ८ ले पनी सञ्चालन गर्ने भएको हो । वाड नं ८ भित्र रहेका ६ महिना देखी २३ महिना सम्मका बच्चा ६१ जना रहेका र उनीहरुको स्वास्थ्य परिक्षण गरिने उहाँले बताउनुभयो ।
परिक्षणमा बच्चाहरुमा कुपोषण भए नभएको ,समयमै लगाउनुपर्ने खोप लगाएको छ या छैन , बच्चाको तहुल ,पाखुराको नाप ,६ महिना भित्र बच्चालाई खुवाउनुपर्ने खाना ,सो अवधीमा स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गर्न कति पटक आए भन्ने लगाएतका विषयलाई आधारमानी स्वस्थ बच्चा घोषणा गर्ने र पहिलो, दोस्रो र तस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने प्रमुख श्रेष्ठले बताउनुभयो ।
साथै परिक्षणमा कुपोषीत बच्चाहरु भेटीएमा २ जनालाई पोषणयुक्त खाना प्रदान गरिने बताउनुभयो ।
त्यैस्तै मौसममा आएको परिवर्तन संगै तार्कुघाट स्वास्थ्य चौकीमा रुघाखोकी ,ज्वारो लगाएतका बिरामी दैनिक २० देखी २५ को सङ्ख्यामा आउने गरेका र यस बाट बच्नका लागी खानपानमा विषेश ध्यान दिन ,र लामखुट्रेबाट लाग्नसक्ने रोगहरुमा राइनस नगरपालीका उच्च रहेको भन्दै उहाँले उच्च सतर्कता अपनाउन पनी आग्रह गर्नु भएको छ ।


FLASH NEWS